नेभिगेसन मेनु

महँगी र निर्माण सामग्रीको अभावका कारण विकास निर्माणका काम सुस्त हुँदा कोशी प्रदेश सरकारलाई पुँजीगत बजेट खर्च गर्न निकै गाह्रो परेको छ ।
सम्पादक:南亚网络电视
समय:2026-04-29 12:48

 

 IMG_6109

सर्लाही, वैशाख १६ गते । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पहिलो पटक सर्लाही आउँदै हुनुहुन्छ ।

उहाँ आज (बुधबार) पार्टीले सर्लाही क्षेत्र नं. ४ स्थित धनकौल बजारमा आयोजना गरेको कार्यक्रममा सरिक हुन आउन लाग्नुभएको हो । धनकौल बजारमा मतदातालाई धन्यवाद् ज्ञापन तथा कांग्रेसको जरा अभियान कार्यक्रमलाई सम्वोधन गर्न केन्द्रीय सभापति थापा सर्लाही आउन लाग्नुभएको कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले जानकारी दिनुभयो ।

कांग्रेस सभापति थापा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहसँग पराजित हुनुभएको थियो । मतदातालाई धन्यवाद ज्ञापन गर्न सभापति थापा यसअघि नै आउने तयारी भए पनि पार्टीका बैठक तथा गतिविधिमा सक्रिय हुनु परेकाले पराजय भएको करिव दुई महिनापछि निर्वाचन क्षेत्रमा आउन लाग्नुभएको कांग्रेस सर्लाहीले जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर