नेभिगेसन मेनु

युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
सम्पादक:南亚网络电视
समय:2026-09-16 12:18

 

 ttr

काठमाडौँ, भदौ ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य द्वन्द्व अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्ररूपमा घट्ने दाबी गर्नुभएको छ । उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको दाबीसमेत गर्नुभएको छ ।

‘ट्रुथ सोसल’ मा सन्देश जारी गर्दै उहाँले अमेरिका इरानसँग वार्ताका लागि खुला रहेको बताउनुभयो । हर्मुज जलघाँटीबाट कच्चा तेलको आपूर्ति जारी रहेको उल्लेख गर्दै अन्य देशका लागि समुद्री मार्गको सुरक्षा गरेबापत अमेरिकाले खर्च बेहोर्नुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षा कारखाना २४सै घण्टा सञ्चालनमा रहेको र प्याट्रियट, थाड, टोमाहोकलगायत क्षेप्यास्त्रको उत्पादन बढाइएको दाबी गर्नुभयो ।

यसैबिच, इरानले हर्मुज जलघाँटी नजिकै अमेरिकी चालकविहीन पानीमुनिको ‘डाइभ-एलडी’ यान कब्जा गरेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले उक्त यानलाई ‘युद्धको लुट’ भन्दै कब्जा वैध भएको दाबी गर्नुभयो । क्यालिफोर्नियास्थित एन्डुरिलले निर्माण गरेको उक्त यान समुद्री नक्साङ्कन, सूचना सङ्कलन र पानीमुनिका पूर्वाधार निरीक्षणमा प्रयोग हुने बताइएको छ । तर अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानी दाबीको खण्डन गर्दै उक्त यान कब्जा हुनुअघि नै प्राविधिक समस्यामा परेको स्पष्ट पारेको छ । रासस/एएनआई  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर