नेभिगेसन मेनु

हिट किक बक्सिङमा घिमिरेको फ्रान्सेली बक्सर स्वीनार्डसँग भिड्ने
सम्पादक:南亚网络电视
समय:2026-09-03 12:18

 

 unnamed

काठमाडौँ, भदौ १८ गते । ‘हिट किक बक्सिङ – ५९ अन्तर्राष्ट्रिय प्रतियोगिता’मा  नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ रिङमा उत्रने भएका छन् । जापानको करिया सहरमा यही भदौ २० गते सो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ ।

अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का बोर्ल्ड मेन इभेन्ट)मा‘हिमालयन चितुवा’ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन स्वीनार्डसँग भीड्ने छन् ।

‘हिमालयन चितुवा’ले हालसम्म हिट किक बक्सिङमा चारपटक टाइटल डिफेन्स गर्दै चारपटक हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन टाइटल र केवान क्रस १७५ र १८२ को दुईपटक टाइटल म्याच चुम्न सफल भइसकेका छन् ।

हालसम्म २८ वटाभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका उहाँ २० वटामा विजय हासिल गर्ने एकमात्र खेलाडी हुनुहुन्छ । नेपालको गौरव, अदम्य साहस र उचो शानलाई बक्सर खेलका चम्किला तारा घिमिरेले अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय किक बक्सिङको इतिहासमा उहाँले आफूलाई अब्बल सावित गर्न सफल हुनुभएको छ । रासस 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर