नेभिगेसन मेनु

अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
सम्पादक:南亚网络电视
समय:2026-07-14 12:12

 

 ्र

चितवन, असार ३० गते । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो र माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ। लगातारको वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सोमबार साँझदेखि विभिन्न स्थानमा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो। सडकमा अलपत्र परेका यात्रु र सवारीसाधनलाई सोमबार राति अबेरसम्म पहिरो हटाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको उहाँले जानकारी दिनुभयो।

तर मंगलबार बिहान ६ः३० बजेसम्म पनि निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम कायमै रहेको छ। जलवीरे नजिक पुनः पहिरो खसेपछि सडक खुलाउन आवश्यक मेसिन परिचालन गरिएको सूचना अधिकारी आचार्यले बताउनुभयो।

उहाँका अनुसार निरन्तर वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन रोकिएको हो।

जिल्ला प्रशासन कार्यालयले मुग्लिन–नारायणगढ सडक हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ। निरन्तर वर्षा र पहिरो जाने क्रम जारी रहेकाले अत्यावश्यकबाहेक यस सडकखण्डबाट यात्रा नगर्न पनि अनुरोध गरिएको छ।

यसैबीच, चितवनको भरतपुर, पूर्वी चितवन तथा जिल्लाका अन्य दर्जनौँ स्थान जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। भरतपुरका धेरै विद्यालयले प्रतिकूल मौसमका कारण मङ्गलबार पठनपाठन सञ्चालन गर्न नसकिने जनाउँदै सूचना जारी गरेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर