नेभिगेसन मेनु

आजदेखि तेस्रो एनपिएल
सम्पादक:南亚网络电视
समय:2026-10-26 12:33

 

 Untitled-1 (10)

काठमाडौँ, कात्तिक ९ गते । एनपिएलको तेस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरु हुँदै छ । पहिलो र दोस्रो संस्करण अत्यधिक रूपमा सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) समक्ष तेस्रो एनपिएल अझ बढी उत्कृष्ट गर्ने ठुलो चुनौती तेर्सिएको छ । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा एनपिएल तेस्रो संस्करणसम्म पुग्दा अझ विशिष्ट हुँदै छ भन्नुभयो । “उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिआरएसको आगमन र एनपिएलमा बढ्दै गएको कारोबारले यो प्रतियोगिता थप विशिष्ट बन्ने छ,” उहाँले भन्नुभयो । यसै गरी यो एनपिएल रसुवा बाढीले दिएको पीडालाई भुलाउने माध्यम हुन सक्ने उहाँको भनाइ छ ।

क्यानका सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले पनि आइसिसी मान्यता भइसकेपछि करिब एक महिना हुने एनपिएललाई सफल बनाउन सबै सरोकारवालाको जिम्मेवारी अझ बढेको बताउनुभयो । “हामी इतिहास रच्ने मौकामा उभिएका छौँ,” उहाँले भन्नुभयो । हुन पनि यसपालि आइसिसीको आधिकारिक मान्यता, डिआरएस प्रविधिको पहिलो पटक प्रयोग, विदेशी खेलाडीको अनुबन्धमा थप सहजताका साथै स्टार क्रिकेटरहरूको जमघट र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिले एनपिएलको चर्चा थप चुलिएको छ । 

विगतकै आठ फ्रेन्चाइज टोली टिम च्याम्पियन लुम्बिनी लायन्स, पछिल्ला दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् । सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एक से एक टिम तयार पारेका छन् । यसपालि हरेक टिमसमक्ष कम्तीमा छदेखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । अन्तिम ११ मा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्ने नियम छ । यद्यपि यसपालि हरेक टिमसमक्ष अझ धेरै विदेशी खेलाडीको विकल्प उपलब्ध भएको छ ।

तेस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर ५ गते उपाधि भिडन्त हुने छ । 

विजेतालाई एक करोड ५० लाख

क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले एनपिएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपियाँ पुरस्कार पाउने जानकारी दिनुभयो । यसै गरी उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपियाँ प्राप्त गर्ने छन् । यो पुरस्कार रकम गत संस्करणको भन्दा धेरै हो । गत संस्करणको विजेता लुम्बिनी लायन्सले एक करोड १० लाख रुपियाँ पाएको थियो । कोषाध्यक्ष खड्काले तेस्रो संस्करणसम्म आउँदा एनपिएलले आर्थिक रूपमा धेरै उचाइ लिइसकेको बताउनुभयो । उहाँले यसपालि एनपिएलमा एक महिनाको अवधिमा १५० करोड रुपियाँको कोराबार हुने जानकारी गराउनुभयो । कोषाध्यक्ष खड्काका अनुसार प्रायोजनबाट १८ करोड र टिकट बिक्रीबाट ७० देखि ७५ करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।

पहिलो पटक आइसिसीको आधिकारिक मान्यता

तेस्रो एनपिएलको आइसिसीबाट प्राप्त आधिकारिक मान्यताप्राप्त प्रतियोगिता हो । यसबाट विदेशी खेलाडीहरूको अनुबन्ध लचिलो भएको छ । फलस्वरूप यसपालिको एनपिएलमा स्टार खेलाडीहरू धेरै छन् । तीमध्ये अस्ट्रेलियाका पूर्वकप्तान डेविड वार्नर, वेस्ट इन्डिजका एन्द्रे रसेल, सेरफन रुदरफर्ड, दक्षिण अफ्रिकाका फिनिसर डेभिड मिलर, बङ्गलादेशका अलराउन्डर सकिब अल हसन जस्ता खेलाडीको उपस्थितिले एनपिएलको रौनक अझ बढेको छ । 

डिआरएसको प्रयोग

यस प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्ट (डिआरएस) को प्रयोग हुने छ । अब थर्ड अम्पायरहरूले अनफिल्ड अम्पायरलाई निर्णय दिन कठिनाइ भएको अवस्थामा प्रविधिको सहायता लिइने छ । विशेष, एलबिडब्लु, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, वाइडका निर्णय गर्नुका साथै छक्काको दुरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुने छ । प्रत्येक टोलीले एक पालिमा दुई वटा असफल ‘रिभ्यु’ लिन पाउने छन् । डिआरएसको प्रयोग हुने भएपछि क्यानले खेल तालिकामा पनि परिवर्तन गरेको छ । 

लुम्बिनी र सुदूरपश्चिमबिच उद्घाटन खेलमा सोमबार साँझ च्याम्पियन लुम्बिनी लायन्सले गत उपविजेता सुदूरपश्चिम रोयल्सको सामना गर्ने छ । गत वर्ष लुम्बिनी फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराएर च्याम्पियन बनेको थियो । लुम्बिनी गत संस्करणकै लय देखाएर उपाधि रक्षा अभियानको सुरुवात सकारात्मक रूपमा गर्ने योजनामा छ । सुदूरपश्चिम भने बदला लिने दाउमा हुने छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी