
काठमाडौं, साउन ६, २०८३। ह्वावे नेपालले नेपालको हरित ऊर्जा विकासलाई थप सशक्त बनाउने उद्देश्यसहित आफ्नो नवीनतम FusionSolar 9.0 Smart PV Solution र LUTERRA™ Utility Grid Forming Energy Storage System (ESS) सार्वजनिक गरेको छ।
"Step into the All-Scenario Grid-Forming Era" भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघ (CNI) का अध्यक्ष वीरेन्द्र राज पाण्डे, ह्वावे डिजिटल पावर साउथ एसिया क्षेत्रका निर्देशक यु जियानलोङ, ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) चेस्टर चेन तथा ह्वावे नेपाल डिजिटल पावरका निर्देशक रोहित चन्द्र शाहले संयुक्त रूपमा यी प्रविधिहरू सार्वजनिक गरेका हुन्।
कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, ऊर्जा विकासकर्ता, उद्योगी, व्यावसायिक साझेदार तथा नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपालमा नवीकरणीय ऊर्जा उत्पादन विस्तार भइरहेका बेला ह्वावेका यी नयाँ डिजिटल पावर समाधानले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्ने, सौर्य ऊर्जाको प्रभावकारी उपयोग बढाउने तथा दीर्घकालीन ऊर्जा सुरक्षालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
ह्वावेको FusionSolar 9.0 अत्याधुनिक Utility-Scale Solar Power Solution हो, जसले स्मार्ट डिजिटल प्रविधि र सौर्य ऊर्जालाई एकीकृत गरी विद्युत् उत्पादनको दक्षता बढाउने र स्वच्छ ऊर्जाको अधिकतम उपयोग सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
त्यसैगरी, LUTERRA Utility Grid Forming ESS आधुनिक ब्याट्री ऊर्जा भण्डारण प्रणाली (Battery Energy Storage System) हो। यसले नवीकरणीय ऊर्जाको भण्डारण, विद्युत् उत्पादन र मागबीच सन्तुलन कायम गर्न तथा राष्ट्रिय विद्युत् प्रणालीलाई थप स्थिर र भरपर्दो बनाउन सहयोग गर्ने ह्वावेले जनाएको छ।

ह्वावेका अनुसार यी दुवै समाधानले संयुक्त रूपमा नेपालको तीव्र रूपमा विस्तार भइरहेको नवीकरणीय ऊर्जा क्षेत्रलाई थप मजबुत बनाउँदै विद्युत् विकासकर्ता तथा सेवा प्रदायक संस्थाहरूलाई सुरक्षित, प्रभावकारी र दिगो ऊर्जा पूर्वाधार निर्माणमा सहयोग पुर्याउनेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले विगत २६ वर्षदेखि ह्वावेले नेपालमा विश्वसनीय साझेदारका रूपमा डिजिटल रूपान्तरणमा योगदान दिँदै आएको उल्लेख गर्दै हरित ऊर्जातर्फ नेपालको यात्रामा FusionSolar 9.0 र LUTERRA ESS महत्त्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरे। उनले आगामी वर्षहरूमा पनि विश्वसनीय प्रविधि र दीर्घकालीन साझेदारीमार्फत नेपालको दिगो विकासमा साथ दिने प्रतिबद्धता दोहोर्याए।
सन् १९९९ देखि नेपालमा कार्यरत ह्वावेले दूरसञ्चार, सरकारी निकाय, उद्योग–व्यवसाय तथा अन्य साझेदार संस्थासँग सहकार्य गर्दै डिजिटल रूपान्तरण र दिगो विकासमा योगदान पुर्याउँदै आएको छ। कम्पनीले डिजिटल पावर प्रविधिमा निरन्तर नवप्रवर्तनमार्फत नेपालको नवीकरणीय ऊर्जा विकास, कार्बन उत्सर्जन न्यूनीकरण तथा हरित भविष्य निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

















