नेभिगेसन मेनु

अमेरिकी नाविक थाइल्यान्डमा
सम्पादक:南亚网络电视
समय:2026-09-03 12:11

 

 USS

काठमाडौँ, भदौ १८ गते । करिब पाँच हजार अमेरिकी नाविक र मरीन २८६ दिन समुद्रमा बिताएपछि पाँच दिने विश्रामका लागि बुधबार थाइल्यान्डको लाम चबाङ बन्दरगाह पुगेका छन् । इरानसँगको युद्धका क्रममा लामो समय समुद्रमा रहेका सैनिकको अवस्था र मानसिक स्वास्थ्यबारे अमेरिकामा बहस भइरहेका बेला उनीहरूको यो पहिलो बन्दरगाह भ्रमण हो ।

अमेरिकी विमानवाहक जहाज युएसएस अब्राहम लिङ्कन बैङ्ककको दक्षिणमा रहेको लाम चबाङ पुगेको हो । जहाजको आगमनसँगै नजिकैको पटायाका व्यवसायीले व्यापार बढ्ने अपेक्षा गरेका छन् भने अमेरिकी सैनिकको गतिविधिलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ । पटायाका मेयर पोरमासे न्गाम्पिचिसका अनुसार नाविकलाई पटायासम्म पुर्याउन बसको व्यवस्था गरिएको छ । 

उहाँले उचित मूल्य र सुरक्षा सुनिश्चित गर्न व्यवसायीलाई सचेत गराइएको बताउनुभयो । यौन पर्यटनका लागि परिचित पटायाका केही क्षेत्रमा अमेरिकी नाविकको प्रवेशमा प्रतिबन्ध लगाइएको तथा जलक्रीडा र गाँजा सम्बन्धी गतिविधिमा पनि रोक लगाइएको उहाँले बताउनुभयो । लामो तैनाथीका क्रममा जहाजमा खाद्यान्न अभाव, पानी तथा सरसफाइ प्रणालीमा समस्या र मानसिक स्वास्थ्य सम्बन्धी कठिनाइका रिपोर्ट सार्वजनिक भएका थिए । 

आत्महत्याको प्रयाससमेत भएको विवरणपछि अमेरिकी सांसदले अनुसन्धानको माग गरेका थिए । अमेरिकी प्रशासनले भने कुनै ज्यान नगएको दाबी गर्दै ती चिन्ता अस्वीकार गरेको छ । युएस क्यारियर स्ट्राइक ग्रुप-३ का कमान्डर रियर एडमिरल रोबर्ट लोफ्रानले बन्दरगाह भ्रमणले नाविक र मरीनलाई आराम गर्ने अवसर दिने बताउनुभयो । युएसएस अब्राहम लिङ्कनको स्थानमा मध्यपूर्वमा युएसएस जर्ज वासिङ्टन तैनाथ गरिएको छ भने आगामी साताहरूमा युएसएस थियोडोर रुजवेल्टले त्यसलाई प्रतिस्थापन गर्ने बताइएको छ ।

नाविकको आगमनसँगै पटायाका स्थानीय व्यवसायीले विशेष सेवा दिन थालेका छन् । एक दर्जी पसलले अमेरिकी नौसेनाका लागि १२ देखि २४ घण्टामै कपडा तयार गर्ने घोषणा गरेको छ । स्थानीय सङ्गीतकार एन्थोनी ‘एजे’ जोन्सले पनि अमेरिकी सैनिकलाई लक्षित गर्दै लोकप्रिय अमेरिकी गीत प्रस्तुत गर्ने योजना रहेको बताउनुभएको छ । रासस/एएफपी 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर