नेभिगेसन मेनु

नेपालको साथमा छौँ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
सम्पादक:南亚网络电视
समय:2026-08-27 12:21

 

 Modi-1

काठमाडौँ, भदौ ११ गते । भारतका प्रधामन्त्री नरेन्द्र दामोदर मोदीले प्राकृतिक विपतको दुखद घडीमा भारत सरकार र त्यहाँका जनता नेपालको साथमा रहेको बताउनुभएको छ। 

प्रधानमन्त्री बालेन्द्र साहसँग टेलिफोन कुराकानी गर्दै भारतमा प्रधानमन्त्री मोदीले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथ उभिएका छौं ।”

भारत सरकार नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार रहेको पनि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्नुभएको छ । उहाँले अगाडि भन्नु भएको छ, “हाम्रा टोलीहरू उद्धार तथा राहत कार्यमा नजिकबाट समन्वय गरिरहेका छन् ।”

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर