नेभिगेसन मेनु

आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
सम्पादक:南亚网络电视
समय:2026-08-26 11:31

 

 mnr

काठमाडौँ, भदौ १० गते । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२-८३ मा कार्यालयले आय करतर्फ एक अर्ब राजस्व सङ्कलन गरेको छ । 

त्यसैगरी भ्याटतर्फ ५१ करोड ५८ लाख र अन्तः शुल्कतर्फ ८० करोड १५ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । “आयकर लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।” कर अधिकृत बस्यालले भन्नुभयो, “गत आवमा फ्याक्ट्रीले निकासी कम मात्रामा गरेकाले अन्तः शुल्क लक्ष्यअनुसार सङ्कलन हुन सकेन ।” 

कार्यालयले आर्थिक वर्ष २०८१-८२ दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षमा कार्यालयले दुई अर्ब ८७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । कर अधिकृत वस्यालका अनुसार गत आर्थिक वर्षमा एक हजार ४०० व्यावसायिक फर्म करको दायरमा आएका छन् भने नौ हजार ९६५ जनाले व्यक्तिगत प्यान लिए । 

पछिल्लो समय सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत उपहार योजना ल्याएको छ । उक्त उपहार योजनामा पहिलो विजेता कञ्चनपुरकै करदाताले १० लाख प्राप्त गर्नुभयो । “हामी अनुगमनमा जाँदा बिल लिनेको सङ्ख्या बढेको पाएका छौँ”, उहाँले भन्नुभयो, “पहिलो उपहार विजेता यहीँको भएर पनि अहिले यो सङ्ख्या बढेको पाइएको छ ।” कार्यालयले करदातालाई करदाता शिक्षासमेत प्रदान गर्दै आएको छ । गत आवमा जिल्लाका विभिन्न स्थानमा २३ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको अधिकृत बस्यालले बताउनुभयो । रासस 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर