नेभिगेसन मेनु

आइसिसी बलिङ वरीयतामा सन्दीपको ६ स्थान सुधार
सम्पादक:南亚网络电视
समय:2026-05-21 12:47

 

 sasa-0

काठमाडौँ, जेठ ७ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय क्रिकेटको बलिङ वरीयतामा ६ स्थान सुधार गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीप ३६औँ स्थानमा उक्लिनुभएको छ । यसअघि सन्दीप ४२औँ स्थानमा हुनुहुन्थ्यो । 

काठमाडौँमा जारी आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्ने नेपालका अन्य खेलाडीले पनि वरीयतामा सुधार गरेका छन् । 

सन्दीपसँगै दीपेन्द्रसिंह ऐरी, गुलशन झा र ललितनारायण राजवंशी, कुशल भुर्तेलले वरीयतामा सुधार गर्नुभएको छ । बलिङमा ललितनारायण १६ स्थान फड्को मार्दै ५४औँ स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ ७०औँ स्थानमा हुनुहुन्थ्यो । 

यस्तै दीपेन्द्रसिंह एकदिवसीय अलउन्डरतर्फ तीन स्थान सुधार गर्दै २५औँ स्थानमा उक्लिनुभएको छ । गुलशन १५ स्थान सुधार गर्दै ८७औँ स्थानमा उक्लिनुभएको छ । ब्याटिङ वरियतामा कुशल सय स्थानमा उक्लिनु भएको छ । उहाँले १७ स्थान सुधार गर्नुभएको हो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर