नेभिगेसन मेनु

नेपालको यात्रा सुरक्षित : अमेरिका
सम्पादक:南亚网络电视
समय:2026-04-02 12:49

 

 images

काठमाडौँ, चैत १९ गते । नेपालको अवस्था पछिल्लो समय सुधार भएको अमेरिकाको सरकारले प्रस्ट पारेको छ । नयाँ यात्रा सुझावपत्र (ट्राभल एडभाइजरी) जारी गर्दै नेपाल अब यात्राका लागि सुरक्षित रहेको प्रस्ट पारेको हो । 

नेपालमा जेनजी आन्दोलनपछि अहिले अवस्था सुधार भएसँगै सुरक्षा चिन्ता कम भएको उल्लेख गर्दै अमेरिकाले नयाँ यात्रा सुझावपत्र जारी गरेको हो । यो सूचनासँगै अब नेपाल यात्रा र घुमफिर गर्न अमेरिकी पर्यटकका लागि बाटो खुलेको छ । 

यसअघि नेपालको यात्राका लागि गम्भीर सुरक्षा चुनौतीसहिको ट्राभल एडभाइजरी जारी भएको थियो । नेपालमा नागरिक आन्दोलनका कारण अवस्था असामान्य रहेको अमेरिकी धारणा परिवर्तन गर्दै सूचना अद्यावधिक गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

जस अनुसार गत भदौ २३ र २४ मा सुरु भएको देशव्यापी प्रदर्शनी स्थगित भएको र हाल सुरक्षा अवस्था स्थिर भएको अमेरिकी विदेश मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । 

आपत्कालीन अवस्थामा मन्त्रालयले सुझाएको मार्गनिर्देशको पालना गर्न पनि सुझाइएको छ । नेपालका अस्पतालमा सीमित स्रोतसाधन हुने भएकाले बुझेर मात्र उपचारका लागि जान र स्वास्थ्य सुविधा लिन पनि सुझाइएको छ । त्यसै गरी नेपालमा नियमित रूपमा भूकम्प र बाढीपहिरोका घटना भइरहेकोतर्फ लक्षित गर्दै सुरक्षित रहन भनिएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर