नेभिगेसन मेनु

खाडी देशको तुलनामा मलेसियामा राम्रो कमाइ
सम्पादक:南亚网络电视
समय:2026-07-14 12:27

 

 malysia

काठमाडौँ, असार ३० गते । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको खाडी देशको तुलनामा मलेसियामा राम्रो कमाइ हुने पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले अघिल्लो साता सार्वजनिक गरेको ‘आप्रवासी भर्ना लागत सर्वेक्षण–२०२३’ प्रतिवेदनमा मलेसिया जाने श्रमिकको औसत कमाइ ५७ हजार ६९६ रुपियाँ रहेको पाइएको हो । सो कार्यालयका अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा विदेशबाट फर्केका श्रमिकसँग गरिएको कुराकानीका आधारमा यो सर्वेक्षण पहिलो पटक गरिएको हो । 

मलेसियापछि कतार र संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली श्रमिकले करिब ५५ हजार रुपियाँ तलब पाउने गरेका छन् । यद्यपि भारतमा काम गर्ने नेपालीको औसत मासिक आम्दानी भने तुलनात्मक रूपमा निकै कम अर्थात् २६ हजार ८३ रुपियाँ मात्रै छ । 

लैङ्गिक र सिप अनुसारको भिन्नता सर्वेक्षणले श्रमिकको लिङ्ग र सिपका आधारमा आम्दानीमा ठुलो अन्तर रहेको देखाएको छ । पुरुष श्रमिकको औसत मासिक आम्दानी ६४ हजार ७२१ रुपियाँ रहँदा महिलाको आम्दानी भने ४८ हजार ६४७ रुपियाँ मात्र सीमित देखिएको छ । 

त्यस्तै उच्च सिपयुक्त पेसामा संलग्न नेपालीको औसत आम्दानी ६९ हजार ८९१ रुपियाँ रहेको छ । सेवाक्षेत्रमा काम गर्नेले ६५ हजार ३४५ रुपियाँ पाउने गरेका छन् भने कृषिक्षेत्रमा कार्यरत श्रमिकको आम्दानी सबैभन्दा कम ३४ हजार ५२८ रुपियाँ मात्र रहेको सर्वेक्षणले देखाएको छ ।

उक्त सर्वेक्षणमा सरकारले खाडीका (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान र बहराइन) र मलेसियामा निःशुल्क भिसा र टिकटको नियम लागु गरे पनि यो पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरेको छ । यस्तै सो सर्वेक्षणमा सहभागीमध्ये ३४.७ प्रतिशत श्रमिकले मात्र कुनै भर्ना लागत नतिरी विदेश गएको बताएका छन् जसमा शून्य लागतमा जाने महिलाको हिस्सा ५४.२ प्रतिशत र पुरुषको ३३.२ प्रतिशत छ । 

वैदेशिक रोजगारीमा जानका लागि महिलाले औसत दुई लाख १९ हजार ३६२ रुपियाँ र पुरुषले एक लाख ७६ हजार ६८६ रुपियाँ खर्च गर्ने गरेका छन् । आफ्नो लगानी उठाउन पुरुषलाई ३.३ महिना र महिलालाई ४.५ महिनाको तलब खर्चनुपर्ने देखिएको छ । 

एजेन्टमार्फत विदेश जानेको लागत उच्च 

सो सर्वेक्षण प्रतिवेदनमा कानुनमा अवैध मानिएका एजेन्टमार्फत विदेश जाने श्रमिकको लागत अझ बढी देखिएको छ । जसले आफ्नो खर्च उठाउन औसत ४.८ महिनाको आम्दानी बराबर रकम खर्चनु पर्छ । परिवार वा साथीभाइको सहयोगमा विदेश जानेको लागत भने सबैभन्दा कम रहेको पाइएको छ । वैदेशिक रोजगारका जानकार जीवन बानियाँले यस सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले सरकारलाई भविष्यमा वैदेशिक श्रमसम्बन्धी नीति, योजना तर्जुमा, अनुगमन तथा मूल्याङ्कन गर्न सहज हुने बताउनुभयो ।

उच्च सिप राम्रो कमाइ

‘आप्रवासी भर्ना लागत सर्वेक्षण–२०२३’ का अनुसार सिप र आम्दानीबिच प्रत्यक्ष र सकारात्मक सम्बन्ध रहेको पाइएको छ । सिपको स्तर जति उच्च भयो, आम्दानी पनि सोही अनुसार बढी हुने तथ्यलाई सर्वेक्षणको नतिजाले पुष्टि गरेको छ । उच्च सिप आवश्यक पर्ने पेसामा संलग्न नेपाली श्रमिकको औसत मासिक आम्दानी ६९ हजार ८९१ रुपियाँ रहेको छ । 

सर्वेक्षण अनुसार सेवाक्षेत्रमा काम गर्ने नेपाली श्रमिकले औसतमा ६५ हजार ३४५ रुपियाँ आम्दानी गर्ने गरेका छन् । तुलनात्मक रूपमा कम सिप आवश्यक पर्ने कृषिक्षेत्रमा कार्यरत श्रमिकको औसत आम्दानी ३४ हजार ५२८ रुपियाँ मात्र रहेको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर