नेभिगेसन मेनु

जेलेन्स्की युद्ध अन्त्य गर्ने मुडमा, विश्व समर्थन जुटाउन तयारी थाले
सम्पादक:南亚网络电视
समय:2024-06-30 11:54

at3-e1719719127847

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने मनस्थितीमा पुगेका छन् ।

यसका लागि उनले विश्व समर्थन जुटाउन पहल गरिरहेको अलजजिराले दाबी गरेको हो ।

युद्ध अन्त्यको आफ्नो प्रस्तावमा विश्वको बहुमतले समर्थन गर्नेगरिको व्यापक योजना तयार पारिरहेको खबर सार्वजनिक भएको छ ।

राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यकालागि कूटनीतिक पहल बढाइरहेको उल्लेख गरेका छन् ।

पछिल्लो समय रुसी आक्रमणलाई निष्तेज पार्न पश्चिमा मुलुकबाट रोकिएको हतियार आपूर्तिका कारण पनि जेलेन्स्की तनाबमा रहेका छन् ।

रुसले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा दुई बालबालिका सहित सात जनाको ज्यान गएपछि थप लामो दूरीका हतियार र हवाई प्रतिरक्षाका लागि जेलेन्स्कीले हतियार आपूर्तिको अपील बढाएका छन् ।

रुसी आक्रमणमा अन्य ३१ जना घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन् ।

हिजो मात्र युक्रेनमा मिसाइल आक्रमणमा कम्तिमा ११ जना सर्वसाधारणको मृत्यु भएको छ थप ३७ जना घाइते भएको रोयटर्सले जनाएको छ ।

दिनहुँ सर्वसाधारणको मृत्युको संख्या बढ्दै जानु अनि आधुनिक वायु रक्षा प्रणालीको संख्या पनि बढाउन नसक्दा जेलेन्स्की युद्ध अन्त्यका लागि अग्रसर भएको देखिन्छ ।

रसियन आक्रमणपछि शनिवार युक्रेनको अवस्था

  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर