नेभिगेसन मेनु

नेपालबाट चीनतिर थप उडान,मानसरोवर अर्को गन्तव्य
सम्पादक:南亚网络电视
समय:2024-06-02 13:42

f_AULJka28YZ (1)

चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झौ–काठमाडौं उडान संख्या थपेको छ । हिजोदेखि थप उडान दिउँसो पनि हुन थालेको छ । यसअघि राति ११ बजे काठमाडौं आइपुग्ने उक्त विमान राति १२ बजे फर्कने गर्थ्यो ।

हिजोदेखि थपिएको उडान हरेक दिन दिउँसो २ बजे काठमाडौं आइपुग्ने र ३ बजे फर्कने तालिका छ । उक्त एयरलाइन्सले कोभिड–१९ महामारीपूर्व नेपालमा दैनिक दुई उडान गर्दै आएको थियो ।

नयाँ उडानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ र चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर सिए युले स्वागत गर्नुभएको थियो ।

योसहित चीनका चार वटा विमानसेवा एयर चाइना,चाइना साउदर्न,चाइना इस्टर्न एयरलाइन्स र सिचुवान एयरलाइन्सले छङ्तु,खुन्मिङ्ग,क्वाङ्ग्चौमा सेवा पुर्याउँदै आएका छन् भने उतैको लगानीवाला हिमालय एअरलाइन्सले ल्हासा,बेइजिङ्ग,चोङ्ग्छिङ्ग,बेइजिङ्ग,छिङ्ताओ,साँहाईसङ्ग काठमाण्डौलाई जोडिरहेको छ । उसले अब छिट्टै हिन्दू धार्मिक तीर्थस्थल मानसरोवरका निम्तिसमेत सेवा शुरु गर्न लागेको बुझिएको छ । आलीमा निर्माणाधीन सुविधासम्पन्न नयाँ बिमानस्थल तयार हुनासाथ भारतसहित नेपालका हिन्दू धर्मावलम्बीलाई काठमाण्डौ हुँदै कैलाश पर्वतको दर्शन गर्न सहज हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर