नेभिगेसन मेनु

ट्रम्पको वाचा : राष्ट्रपति बने विदेशी विद्यार्थीलाई ग्रीनकार्ड दिनेछु
सम्पादक:南亚网络电视
समय:2024-06-23 13:00

WeChat截图_20240623104452

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् ।

आगामी राष्ट्रपतिय निर्वाचनका उम्मेदवार ट्रम्पले एक पोडकास्टमा भने, ‘यो कदमले प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा बस्न अनुमति दिनेछ।’

ट्रम्पलाई सोधिएको थियो कि राष्ट्रपतिमा निर्वाचित भए प्रतिभाशाली व्यक्तिहरूलाई देशमै राख्न कस्तो रणनीति बनाउनुहुन्छ ?

ट्रम्पले भने, ‘मलाई लाग्छ कि अमेरिकी कलेजहरूबाट स्नातक गर्ने विद्यार्थीहरूलाई तुरून्तै ग्रीन कार्ड दिइनुपर्छ । यसबाट उनीहरू अमेरिकामा बसेर यहाँको विकासमा सहयोग गर्न सक्नेछन् ।’

ट्रम्पले अमेरिकाले उच्च दक्ष विद्यार्थीहरूलाई यहाँ रोक्ने प्रयास गर्नुपर्ने बताए । यस योजनाबाट देशले फाइदा लिनसक्ने उनको भनाइ छ ।

ट्रम्पले अमेरिकाबाट ग्रेजुएट भएका तर, ग्रीन कार्ड नभएका कारण यहाँ बस्न नसकेको धेरै मानिस स्वदेश फर्किने गरेको बताए ।

तर, आप्रवासी मुद्दामा ट्रम्पको कडा अडान छ। यस्तो अवस्थामा उनको भनाइलाई राष्ट्रपति बाइडेनको नयाँ नागरिकता नीतिको कट्टरपन्थी मानिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर