नेभिगेसन मेनु

कतारद्वारा स्मार्ट सिटी समाधान परियोजना सुरू
सम्पादक:南亚网络电视
समय:2024-06-24 14:43

qatar_country_profile_map

असार १० गते । कतारमा आइतबार स्मार्ट सिटी समाधान परियोजनाको पहिलो चरणको काम सुरू गरिएको छ । नगरपालिका मन्त्री अब्दुल्लाह बिन हमाद बिन अब्दुल्लाह अल अतियाहले आइतबार परियोजनाको उद्घाटन गर्नुभएको हो ।

परियोजनामा मुख्यतया स्मार्ट फोहोर अपशिष्ट व्यवस्थापन, वाहन व्यवस्थापन, कार्य वितरण प्रणाली र एक केन्द्रीय सञ्चालन कमान्ड प्लेटफर्मको कार्यान्वयन समावेश छ । यी पहलहरू २०२४र०३० को लागि मन्त्रालयको रणनीति अनुरूप ल्याइएका हुन् ।

परियोजनाको लक्ष्य जीवनको गुणस्तर अनुकूलन, समृद्धि, शहरी आधुनिकीकरण, सेवा उत्कृष्टता र डिजिटल रूपान्तरणमा केन्द्रित छ ।

मन्त्री अतियाहले स्मार्ट सोलुसन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत आधुनिक प्रविधिको उपयोग गर्दै मन्त्रालयको सेवाको डिजिटल रूपान्तरण हासिल गर्न यी नयाँ प्रणालीहरूको सुरुवात अभिन्न अङ्ग भएको उल्लेख गर्दै नयाँ र आधुनिक परियोजना र पहलको कार्यान्वयनमार्फत आफ्नो सार्वजनिक सेवालाई सुदृढ गर्न मन्त्रालयको प्रतिबद्धतालाई पुष्टि गर्नुभयो ।

उनले भन्नुभयो, “यसको लक्ष्य जनतालाई प्रदान गरिने सेवाहरूमा उच्चतम स्तरको प्रदर्शन, गुणस्तर र उत्पादकत्व हासिल गर्नु र परिचालन लागत पनि कम गर्नु र स्मार्ट, हरित र दिगो शहरहरूतर्फ प्रगति गर्नु हो ।

परियोजनाले सवारी साधन र चालकको आवागमन र अनुपालनको निगरानी गर्ने लक्ष्य राखेको छ । रासस/क्यूएनए

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर