नेभिगेसन मेनु

नवौँ टी–२० विश्वकपमा नयाँ प्रयोग हुँदै
सम्पादक:南亚网络电视
समय:2024-05-30 14:33

landtake2024-05-30-06-11-24

आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता १ जुनदेखि अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नवौँ संस्करणको विश्वकप टेस्ट राष्ट्र वेस्ट इन्डिज र एसोसिएट राष्ट्र अमेरिकामा आयोजना हुने निर्णय गरेको थियो । यसअघिका संस्करण एकै राष्ट्रमा आयोजना गरिएको थियो । 

नवौँ संस्करणका लागि आयोजक राष्ट्रले दुई वर्षको तयारी समय पाएका छन् । २००७ को एकदिवसीय विश्वकप क्रिकेट आयोजना गरिसकेको वेस्ट इन्डिजलाई टी–२० विश्वकप आयोजना गर्न केही गाह्रो थिएन । तर, क्रिकेटको खासै चर्चा नभएको अमेरिकाका लागि प्रतियोगिता आयोजनाको चुनौती थियो । अमेरिकाले विश्वकपका लागि नयाँ रंगशाला निर्माण गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा समग्रमा ५५ खेल हुनेछन् । आइसिसीको दोस्रो मेगा इभेन्टका रूपमा रहेको टी–२० विश्वकपमा १४० मिलियन अमेरिकी डलरसम्म खर्च हुने जनाइएको छ । 

आइसिसीले स्पोन्सर्स र पार्टनरबाट २० मिलियन अमेरिकी डलर आम्दानी गर्नेछ । ग्लोबल पार्टनरबाट ८–१० मिलियन अमेरिकी डलर, अफिसियल पार्टनरबाट ६–८ मिलियन अमेरिकी डलर तथा वर्गीकृत पार्टनरबाट कम्तीमा ३–४ मिलियन अमेरिकी डलर आर्जन गर्ने लक्ष्य राखेको छ । आइसिसीले नवौँ संस्करणको विजेता र उपविजेताको पुरस्कार धनराशि घोषणा गरेको छैन । पहिलोपटक टी–२० विश्वकप आयोजक राष्ट्र बनेको अमेरिकाले प्रतियोगिता भव्य पार्न केही कसर बाँकी राखेको छैन । दर्शकले यसपटकको विश्वकपमा केही नयाँ प्रयोग देख्न पाउनेछन् ।  

विदेशमा निर्मित पिच प्रयोग हुने

अमेरिकाले ड्रप इन पिचको प्रयोग गर्नेछ । न्युयोर्कको नासाउ काउन्टी रंगशालामा ड्रप इन पिच राखिएको आइसिसीले जनाएको छ । यो पिच अरू राष्ट्रमा निर्माण गरी प्रतियोगिता आयोजना हुने रंगशालामा जडान गरिन्छ । नासाउमा प्रयोग भएको पिच अस्ट्रेलियामा निर्माण भएको हो । फ्लोरिडाका १० वटा पिच समुद्री मार्गबाट ल्याएको हो । पाँच महिनाको तयारीपछि यसै महिना नासाउ रंगशालामा फिट गरिएको हो ।  

मोड्युलर रंगशाला 

२०२३ को डिसेम्बरसम्म पनि अमेरिकामा विश्वकप आयोजना गर्ने मिल्ने रंगशाला थिएन । तर, आयोजक अमेरिकाले यो ६ महिनामा मोड्युलर रंगशाला निर्माण गर्दै सबैलाई आश्चर्य बनाएको छ । फरक–फरक राष्ट्रबाट रंगशालालाई आवश्यक पर्ने सामग्री जडान गर्नु नै मोड्युलर हो ।  रंगशालामा दर्शक बस्ने स्ट्यान्ड फर्मुला–१ को हो । न्युयोर्कमा भारत–पाकिस्तान खेलसहित समूह चरणका आठ खेल हुनेछन् । विश्वकमा प्रयोग भएका सबै रंगशाला पछि पार्कमा परिणत गरिनेछ ।

स्टप क्लक नियम

आइसिसीले पहिलोपटक स्टप क्लक नियम प्रयोग गर्दै छ । बलिङ टोलीले दुई ओभरका लागि ६० सेकेन्ड मात्र समय पाउनेछ । ओभर सकिएपछि तेस्रो अम्पायरले मैदानमा जडान गरिएको टिभी स्क्रिनमा टाइमर सुरु गर्नेछन् । 

६० सेकेन्डपछि अर्को ओभर सुरु भएमा फिल्ड अम्पायरले फिल्डिङ कप्तानलाई दुईपटक चेतावनी दिनेछन् । एक इनिङ्समा तीनपटक अर्को ओभर बल गर्न ६० सेकेन्डभन्दा बढी समय लागेमा ५ रनको पेनाल्टी लाग्नेछ । बलिङ टोलीलाई इनिङ्समा प्रत्येक तेस्रो गल्तीका लागि दण्डित गरिनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर