नेभिगेसन मेनु

सांसदलाई मारेर नेपाल हुँदै खुसुक्क अमेरिका
सम्पादक:南亚网络电视
समय:2024-06-04 12:50

436724343_472051425222214_4733228281741085441_n_R6rXUrFVWl

सांसद अनवरुल अजिम अनरको हत्यामा संलग्न बंगलादेशी मूलका अमेरिकी नागरिक नयाँ दिल्लीबाट नेपाल, दुबई हुँदै अमेरिका पुगेका छन् । तीन पटकसम्म अवामी लिगका तर्फबाट खुल्ना जिल्लाको झेनाईदा ४ मा सांसद भएका ५६ वर्षीय सांसद अनवरुलको हत्यापछि फरार उनी अमेरिका पुगिसकेको स्रोतको दाबी छ । 

स्वास्थ्य उपचारका लागि मे १२ मा कलकत्ता गएका उनको स्थानीय चिनार पार्क नजिकै फ्ल्याटमा भोलिपल्टै हत्या भएको थियोे । उक्त हत्याको मुख्य योजनाकार भनिएका बंगलादेशी मूलका अमेरिकी मोहम्मद अक्तरुज्जामान मे २० का दिन दिल्लीबाट नेपाल आएको र भोलिपल्ट फ्लाई दुबईको उडानबाट दुबई हुँदै अमेरिका गएको बताइन्छ ।

हत्यामा संलग्नताको आशंका गरिएका ३१ वर्षीय बंगलादेशी मोहम्मद सियाम हुसेन भने विमान बंगलादेशको उडान नम्बर ३७३ मा ढाकाबाट नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी बंगलादेशको भोलाका स्थायी बासिन्दा हुन् । 

हत्या आरोपितलाई लिन बङ्गलादेश प्रहरीको इन्टेलिजेन्स विभागका प्रमुख डिआइजी मोहम्मद हारुनोर रसिद नेतृत्वको चार सदस्यीय टोली अस्ति काठमाडौं आइपुगेको छ ।

एक महिने भीसा लिएर नेपाल आएका उनी नेपाल-भारत खुल्ला  सिमानाको फाइदा उठाउँदै स्थलमार्गबाट दिल्ली र कलकत्ता पुगेका थिए । त्यसपछि पुनः सडक मार्गबाट नेपाल छिरेको खुल्न आएको छ ।

जुन १ का दिन भीसाको अवधि सकिन लागेकाले उनलाई दुई दिन अगावै अध्यागमन विभाग कालिकास्थानमा हाजिर गराइएको थियोे । गैरकानूनी रुपमा भारतको मुम्बईमा बसेर मासु बेचबिखन गर्दै आएका बंगलादेशी नागरिक हावलादारलाई पनि उक्त हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ । बंगलादेशको खुल्ना जिल्लाका उनले सांसदको हत्यामा आफू संलग्न रहेको साबिती बयान दिँदै अख्तरुज्जामानको निर्देशनमा हत्या दिएको सकारेका छन् । 

हत्यापछि सांसदको मृत शरीरलाई मसिनो टुक्रा बनाउँदै बेसारमा मोलेर प्याक गरिएको थियो । उक्त कार्यमा संलग्नता देखिएपछि उनलाई गत बुधबार नेपाल प्रहरीको उपत्यका अपराध महाशाखाले राजधानीबाट पक्राउ गरेको थियो ।

हत्या आरोपितलाई लिन बङ्गलादेश प्रहरीको इन्टेलिजेन्स विभागका प्रमुख डिआइजी मोहम्मद हारुनोर रसिद नेतृत्वको चार सदस्यीय टोली अस्ति काठमाडौं आइपुगेको छ ।

प्रहरी अनुसन्धान र तहकिकातका लागि बंगलादेश लैजान कूटनैतिक माध्यमबाट पत्राचार शुरु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । हिजो नेपालस्थित बंगलादेश दूतावास बन्द रहेकाले आजबाट कूटनैतिक माध्यमबाट थालिएको छ । यद्यपी बंगलादेशी पक्षबाट हत्यामा उनी संलग्न रहेको एथेष्ट प्रमाण नेपाल प्रहरीलाई उपलब्ध गराउन नसकेको बुझिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर