नेभिगेसन मेनु

कोप्चे बन्यो ‘सुन्तले सहर’
सम्पादक:南亚网络电视
समय:2025-03-25 13:50

kopche

एस् ए टी भी १२ चैत्र, काठमाडौँः पुराना शैलीका तर सुन्दर सुन्तले रङमा सजिएका एकै नासका घर । एउटै रङमा सजिएका ठाउँ ठाउँमा पाटीपौवा र नेवारी रहनसहन । झिँगटी तथा विभिन्न पुराना कलाकृति झल्कने घर । पाटीपौवामा बसिरहेका आगन्तुक तथा स्थानीय । केही होमस्टे, केही आधुनिक होटेल, अधिकांश घरमा पसल । पछिल्लो समय धनकुटाको कोप्चेले पाएको नयाँ पहिचान हो । 

धनकुटा नगरपालिका वडा नम्बर ५ मा रहेको कोप्चेले नयाँ पहिचानसँगै नयाँ नाम पाएको छ ‘सुन्तले सहर’ । करिब तीन वर्षअघिसम्म गुमनाम रहेको कोप्चे त्यसयता भने केही जुर्मुराएको छ । कोप्चे पुनर्जागरण अभियानमा स्थानीय जुटेपछि कोप्चे पुनः जुरमुराएको हो । कोही नपुग्ने कोप्चेमा अहिले पर्यटकसमेत आउन थालेका छन् । बन्द रहेका अधिकांश घरमा व्यापार सुरु भएको छ । 

भत्कन लागेका पुराना घर र हेर्दै बिजोग लाग्दो अवस्थामा रहेको कोप्चे अहिले भने सुन्दर सुन्तले सहरका रूपमा परिवर्तन हुन सफल भएको हो । अधिकांश बन्द रहेका घर पुनः खोलिन थालेका छन् । कोप्चे पुनर्जागरण अभियानमा सुरु भएपछि कोप्चेले काँचुली फेर्न थालेको स्थानीय कृष्णमाया श्रेष्ठ बताउनुहुन्छ । “करिब तीन दशकसम्म यो स्थान सुनसान रह्यो, मानिस नआउने दिउँसै स्याल कुद्ने अवस्था रहेको थियो तर अहिले एकाएक अवस्था फेरिएको छ । पर्यटकसमेत आउन थालेका छन्,” श्रेष्ठले भन्नुभयो ।  

त्यसो त कोप्चे सधैँ गुमनाम थिएन । यो धनकुटाको मात्र नभई पूर्वी पहाडको व्यापारिक हब थियो । करिब दुई सय वर्षअघिदेखि सुरु भएको कोप्चेको चहलपहल २०४२÷४३ सालसम्म रह्यो । २०४२ सालमा सडक धनकुटासम्म पुग्यो । अनि धनकुटाबाट सडक उकालो लागेसँगै जिल्लाका अन्य क्षेत्रलाई त फाइदा पुग्यो तर कोप्चेका लागि भने सडक दुर्भाग्य नै बन्नपुग्यो । २०५० सालपछि भने शून्य भएको राजेन्द्र प्रधान बताउनुहुन्छ । “यो बिचमा धेरै कोप्चेवासीले कोप्चे छाडे, जसका कारण कोप्चे गुमनाम बन्यो । अहिले तल्लो कोप्चे र माथिल्लो कोप्चे मिलेर पुरानो रौनक फर्काउन विभिन्न अभियान सञ्चालन गरेपछि केही रौनक आएको छ,” श्रेष्ठ भन्नुहुन्छ । 

पहिलेको व्यापारिक हबलाई अब भने पर्यटकीय हब बनाउने उद्देश्य स्थानीयको छ । त्यही अभियान अन्तर्गत कोप्चेका सम्पूर्ण घरमा सुन्तले रङ लगाएर सुन्तले सहर (ओरेन्ज सिटी), फूल रोपेर फूलको सहर अभियानसहित त्यहाँको सम्पदा र धरोहर जोगाउन विभिन्न कदम चालिएको छ । 

त्यस्तै वर्षमा दुई पटकसम्म कोप्चे उत्सव आयोजना गरिरहेको छ । उत्सव अन्यत्रको भन्दा फरक हुने गरेको कोप्चे पुनर्जागरण अभियानका सदस्य गोविन्द राई बताउनुहुन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर