नेभिगेसन मेनु

पर्यटन-उड्डयन जुनमा ७६ हजार विदेशी पर्यटक आए नेपाल
सम्पादक:南亚网络电视
समय:2024-07-02 13:09

WeChat截图_20240702105037

काठमाडौं– २०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। गत वर्षको यसै अवधिमा ७२ हजार २५० विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए।

यस्तै  २०२४ को  जनावरीदेखी जुनसम्म (६ महिना)मा ५ लाख ८३ हजार १६ पर्यटक भ्रमणमा आएका नेपाल पर्यटन बोर्डले जनाएको छ।

पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

जुन महिनामा सबैभन्दा धेरै  भारतीय पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्यांकमा उल्लेख छ। सो महिनामा भारतीय पर्यटक ३७ हजार ८३५ जना नेपाल भ्रमणमा आएका हुन्। त्यस्तै दोस्रो अमेरिकाबाट ८ हजार २८१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। 

तेस्रोमा चीनबाट ७ हजार ४९४, बंगलादेशबाट ३ हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट एक हजार ५८९ पर्यटक भ्रमणमा आएका हुन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर