नेभिगेसन मेनु

रत्नमन्दिर : प्रचार नहुँदा छैनन् पर्यटक
सम्पादक:南亚网络电视
समय:2024-06-16 12:08

ratn-mandir

पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणको लागि खुला गरिएको एक वर्ष पूरा भइसकेको छ । गणतन्त्र दिवसको अवसर पारेर गत वर्ष तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री सुदन किँरातीले रत्न मन्दिर र पार्क खुला हुने गरी उद्घाटन गर्नुभएको थियो ।

ऐतिहासिक सम्पदा बोकेको रत्नमन्दिर खुलेको खण्डमा पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य थपिने आसका साथ पर्यटकीय क्षेत्र लेकसाइडका व्यवसायीले बारम्बार सरकारी निकायलाई झक्कझकाएका थिए । व्यवसायीले जुन अर्थमा रत्नमन्दिर परिसर खुलाउन सरकारलाई आग्रह गरे पनि मन्दिरले सोचेजस्तो पाहुना ल्याउन सकेको छैन । पोखरामा आन्तरिक पाहुनाको आगमन बढिरहेको व्यवसायीले नै बताउने गरेका छन् । तर ती मध्ये न्यून सङ्ख्यामा मात्र पाहुना रत्नमन्दिर छिरेको नेपाल ट्रस्टको तथ्याङ्कले देखाउँछ ।  मन्दिर खुलेको एकवर्ष पूरा हुँदा घुम्न आउने पर्यटकको सङ्ख्या कमी भएको देखिन्छ ।

नेपाल ट्रस्ट कार्यालय पोखराका प्रमुख मीनप्रसाद लामिछानेका अनुसार रत्नमन्दिर सर्वसाधारणको लागि खुला गरिएको एक वर्षमा २१ हजार दुई सय ९३ आन्तरिक तथा बाह्य पर्यटकले मन्दिर प्रवेश गरेका छन् । ‘‘ट्रस्टको निर्देशिकामा घुम्न आउनको पाहुनालाई पाँच क्याटागोरीमा छुट्याएको छ । स्वदेशी नागरिक (अपाङ्ग, विद्यार्थी र वृद्ध बाहेक), चीन र भारत मात्रै, चीन र भारत बाहेकका सार्क राष्ट्र, सार्क राष्ट्र बाहेकका विदेशी र विद्यार्थी, ज्येष्ठ नागरिक गरी छुट्टाएको छ । यो एक वर्षको अवधिमा चीन र भारतबाहेकका सार्क राष्ट्रको सङ्ख्या जम्मा ६ जना रहेको छ । यो अन्य सङ्ख्यामा निकै कम छ,’’ उहाँले भन्नुभयो । रत्नमन्दिर प्रवेशका लागि ५०, एक सय, दुई सय, दुई सय ५० र तीन सयको टिकट रहेको उहाँले बताउनुभयो ।

लामिछानेका अनुसार रत्नमन्दिर अवलोकन गर्न आउने पर्यटकले काटेको टिकटबाट १९ लाख ५३ हजार ५० रुपियाँ सङ्कलन भएको छ । ‘‘पोखरामा जुन अनुपातमा आन्तरिक देखि बाह्य पर्यटक आउँछन् । ती सबै रत्नमन्दिर प्रवेश गर्न आउँदैनन् । दैनिक २२/२३ जना पर्यटक मन्दिर प्रवेश गर्छन्,’’ उहाँले भन्नुभयो ।

पोखरामा भित्रिएका पाहुनाको आकार बढी हुँदा पनि रत्नमन्दिर प्रवेश गर्ने पाहुना कम हुनुमा रत्नमन्दिरबारे प्रचारप्रसार कम भएको हुनसक्ने उहाँको भनाइ छ । ‘‘रत्नमन्दिरको बाहिरी गेट खुला भए पनि मुख्य दरबार खुलेको छैन । गेटमै सैनिक बसेको हुनाले पनि धेरैले रत्नमन्दिरलाई आर्मी ब्यारेक ठानेकोले घुम्न जाने आँट नगरेको हुनसक्छन् । धेरैलाई रत्नमन्दिर घुम्नलायक गन्तव्य हो भन्ने पनि थाहा छैन । यसका लागि प्रवर्द्धनको आवश्यक रहेको छ,’’ उहाँले भन्नुभयो । उहाँका अनुसार रत्नमन्दिर घुम्नलायक गन्तव्य भनेर कतै पनि पर्चा पम्प्लेटमा उल्लेख नहुँदा पोखरा आउने पर्यटक मन्दिर घुम्न पुगेका छैनन् ।

हिजो व्यवसायीकै दबाबमा रत्नमन्दिर खुलेको हो । तर, पोखरामा भित्रिएको पाहुनाको आधारमा निकै नै कम सङ्ख्यामा मात्र रत्नमन्दिर छिर्ने गरेका छन् । यस्तो हुनुमा प्रचारप्रसार कमी भएको पर्यटन व्यवसायीहरू बताउँछन् । पोखरामा भित्रिएका पाहुनाको बसाई अवधि बढाउन सघाउने अपेक्षाले खुलेको सम्पदा अहिले सुनसान जस्तै बन्नु विडम्बना रहेको पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

पोखरा ८ लेकसाईडस्थित एक सय ७४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कसहितको रत्न मन्दिर २०१५ सालमा राजा महेन्द्रले आफ्नी श्रीमती रत्नको नाममा बनाउन लगाएका र राजपरिवारका सदस्यहरू पोखरा आउँदा बस्ने गरेका थिए । लामो समय राज दरबारको सम्पत्ति र राजा पोखरा आउँदा बस्ने दरबारको रूपमा स्थापित सो पार्क विसं २०६७ पछि नेपाल ट्रस्टको मातहत गएको थियो । रत्नमन्दिर परिसरभित्र ऐतिहासिक रत्नमन्दिर दरबार लगायत तालघर, बालबगैंचा गरी सानाठुला १० वटा भवन रहेका छन् । दरवारभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्ष, डाइनिङ सहित ११ वटा कोठा छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर