नेभिगेसन मेनु

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान
सम्पादक:南亚网络电视
समय:2024-06-09 11:59

turist

होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने अनुमान गरेको छ । सङ्घले हालै चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको थियो । सो कार्यक्रम पश्चात चिनियाँ पर्यटकको सङ्ख्या दोब्बर हुन सक्ने सङ्घले अनुमान गरेको हो । 

सङ्घका अध्यक्ष विनायक शाहले पछिल्लो समय चीनमा भइरहेका प्रवर्द्धनात्मक कार्यक्रमले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो । “चीनका विभिन्न सहरमा आयोजित नेपाल प्रवर्द्धनमा सहभागी चिनियाँ टुर अप्रेटर, पर्यटन व्यवसायीहरुको चासो र अग्रिम बुकिङ हेर्दा आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ”, अध्यक्ष शाहले भन्नुभयो । प्रवर्द्धन कार्यक्रमका दौरानमा नेपालको पर्यटन प्रवर्द्धनार्थ महत्वपूर्ण दुई पक्षीय सम्झौता पनि भएकाले चिनियाँ पर्यटकको आकर्षण बढ्ने उहाँको विश्वास छ । 

चीनमा नेपाल प्रवर्द्धन गरेर फर्किएको सङ्घले चिनियाँ पर्यटक बढोत्तरीका लागि हवाई र सडक यातायात सेवा थप गर्न आवश्यक रहेको उल्लेख गरेको छ । चीनस्थित नेपाली राजदूतावास, छेन्दुस्थित नेपाली महावाणिज्यदूतको कार्यालय र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित उक्त कार्यक्रममा नेपालबाट चीन भ्रमणमा गएका ७५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल र सयभन्दा बढी चिनियाँ पर्यटन व्यवसायीबीच बेइजिङ र छेन्दुमा छुट्टाछुट्टै कार्यक्रम भएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । 

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ र छेन्दुस्थित महावाणिज्यदूत सुरेश राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमहरुमा नेपाल पर्यटन बोर्डले प्रस्तुतीकरण गरेको थियो । नेपाली प्रतिनिधिमण्डल र चिनियाँ पर्यटन व्यवसायीबीच ‘बीटुबी’ बैठक सम्पन्न भएको थियो । सन् २०२५ लाई भ्रमण वर्षको रुपमा मनाउने सन्दर्भमा सरकारले छिमेकी मुलुक चीनबाट पर्यटन प्रवद्र्धन गराउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । चिनियाँ पर्यटकलाई लक्षित गरी सरकारले लुम्बिनीलाई ‘बर्थिंग हब’ र ‘डेस्टिनेसन वेडिङ’ को रुपमा प्रवर्द्धन गर्ने जनाएको छ । यही जेठ १९ गते चीन पुगेको होटल सङ्घ नेपालका सातै प्रदेशका ७५ सदस्यीय व्यापार प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् । रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर