नेभिगेसन मेनु

पर्यटनमा भविष्य खोज्दै चौबिसे
सम्पादक:南亚网络电视
समय:2024-06-27 13:57

mandir

हिले, असार १२ गते । भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भएर जाने भेडेटार राजारानी रबिराके सडक आसपास दर्जनौँ त्यस्ता स्थान छन् जसले पर्यटक लोभ्याउँछ । 

रानीताल, राजा पोखरी, काँगडा ताल, तालमा निर्माण गरिएको नाग देवीको मन्दिर, रानी पोखरी, नागबेली पार्क, बिचमा पर्ने साना साना उपत्यका, अग्ला डाँडा, विभिन्न मन्दिर, थुम्की, मगर बस्ती तथा माझी बस्ती मुख्य आकर्षण हुन् । आदि यहाँका मुख्य आकर्षणको रूपमा छन् । जसले पर्यटक तान्ने गरेको चौबिसे गाउँपालिकाको उपाध्यक्ष टङ्कमाया पाङ्मी मगर बताउनुहुन्छ । “हामीसँग त्यस्ता धेरै स्थान छन् जसले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पहिले पूर्वाधार अभावमा यी ओझेलमा थिए अहिले सडक विकाससँगै पर्यटकलाई आकर्षित गर्न सफल भएका छन्,” उपाध्यक्ष मगर भन्नुहुन्छ ।

एक दशक अघिसम्म सामान्य रूपमा रहेको धनकुटाको चौबिसे क्षेत्र यतिबेला भने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । केही वर्षअघि सम्म रानी ताल मात्र हेर्न पाइने चौबिसेमा अहिले भने अन्य ताल सहित धेरै गन्तव्य थपिने क्रममा छन् । भेडेटार राजारानी रबिराँके सडक खण्ड निर्माणको क्रममा रहेको छ । डाँडैडाँडा निर्माण भएका यो सडक आफैमा एक पर्यटकीय मार्ग हो । 

यो सडकबाट तराईको फाँटदेखि पहाडी डाँडा तथा विभिन्न हिमाल हेर्दै यात्रा गर्न सकिन्छ । यो सडक निर्माण भएपछि चौबिसे गाउँपालिका पर्यटकको मुख्य रोजाइमा पर्न सफल हुने गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्ग बताउनुहुन्छ । अहिले पर्यटकीय स्थलमा पूर्वाधार निर्माणको काम गरिरहेको चौबिसेले भेडेटार राजारानी रबिराँके सडक खण्ड निर्माण सम्पन्न भएपछि पर्यटन वर्षको रूपमा घोषणा गरेर पर्यटक भित्राउने तयारी गरेको छ । “सडक निर्माण सम्पन्न भएपछि पर्यटकको रोजाइमा चोबिसे क्षेत्र पर्ने छ हामी आगामी वर्ष चौबिसे पर्यटन वर्ष मनाउने तयारीमा छौँ, त्यसको लागि पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ,” अध्यक्ष चेम्जोङ्गले भन्नुभयो । 

पालिकाले अहिले ५२ पर्यटकीय गन्तव्य घोषणा गरेर पूर्वाधार निर्माणको काम गरिरहेको छ । करिब पाँच वर्ष यता यी स्थलमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको गरी पाँच करोड भन्दा बढी लगानी भएको पालिका अध्यक्ष लिम्बु बताउनुहुन्छ । अझै धेरै काम बाँकी नै रहेकाले लगानी थपेर सुन्दर चौबिसे निर्माणको काममा लागेको उहाँको भनाइ छ। यी स्थानसम्म पुग्ने सडक, सिढी, फुटपाथ, ताल निर्माणको लागि ड्याम, पिकनिक स्पोर्ट आदि निर्माणको काम भइरहेको छ । चौबिसेको भविष्य कृषिसँगै पर्यटनमा रहेकोले अघिल्लो कार्यकालबाटै पर्यटन पूर्वाधारमा लगानी गरिरहेको चौबिसे गाउँपालिकाको निवर्तमान उपाध्यक्ष यज्ञ कुमारी रुचाल बताउनुहुन्छ । 

अहिले यी गन्तव्यमा पुग्ने पर्यटक मात्र नभई पर्यटक पुग्दा स्थानीय समेत उत्साहित हुने गरेका छन् । यहाँ विभिन्न कला संस्कृति सहित विभिन्न ताल, साना साना उपत्यका, झरना मनमोहक थुम्कीले मनलोभ्याएको पाँचथरबाट घुम्न आउनु भएका सेनेहाङ्ग लावती बताउनुहुन्छ ।

त्यसो त निर्माणाधीन भेडेटार राजारानी रबिराँके सडकले पूर्वका दुई मुख्य पर्यटकीय गन्तव्य इलाम र भेडेटारलाई जोड्ने छ । सडक निर्माण सम्पन्न भएपछि इलाम पुगेका पर्यटक पहाडै पहाड रमित हेर्दै यही क्षेत्र हुँदै भेडेटारसम्म आउने जसका कारण पर्यटकीय चहलपहल बढ्ने स्थानीय काजीमान लिम्बु बताउनु हुन्छ । त्यस्तै निर्माणाधीन सुन्दर तमोर करीडोरले चतारा वराहक्षेत्र र पाथीभरालाई छोटो दुरीमा जोड्ने छ । गढतीर आफैँमा सुन्दर भएकाले यसको फाइदा पनि चौबिसे क्षेत्रलाई पुग्ने नै छ । जसले गर्दा पनि चौबिसे क्षेत्र अहिले पर्यटकीय चहलपहलको हिसाबले पर्यटनमा भविष्य खोज्न जुरमुर्‍याएको गाउँपालिकाले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर