नेभिगेसन मेनु

पर्यटकीय गन्तव्य जितगढी किल्ला
सम्पादक:南亚网络电视
समय:2024-06-24 16:22

jitgadi-killa-1

तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ । वीरताको प्रतीकका रूपमा रूपन्देहीको जितगढी किल्ला परिचित छ । नयाँ स्वरूपमा यसको विकास भइरहेको छ । इस्ट इन्डिया कम्पनीसँग विसं १८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरेका थिए । 

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अङ्ग्रेज फौजमाथि विजय हासिल गरी अङ्ग्रेज फौजलाई फिर्ता पठाएको इतिहाससँग जोडिएको यो किल्ला हेर्नलायक बनेको छ । बुटवल वडा नं. १ मा रहेको यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो गन्तव्य बन्दै छ ।

बुटवल उपमहानगरपालिकाले त्यही ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलका रूपमा विकास गर्न थालेपछि जितगढीको मुहार बदलिएको नगरप्रमुख खेलराज पाण्डेयको भनाइ छ । यसलाई नेपालकै हेर्नलायक बनाउने उहाँको धारणा छ । गुरुयोजना बनाएरै जितगढीको विकासका लागि काम सुरु गरिएपछि कर्णेल उजिरसिंह थापाको नौ फिट उचाइको पूर्ण कदको तामाको सालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झन्डा फहराइएपछि यहाँको दृश्य हेर्नलायक बनेको छ ।

उपमहानगरपालिकाले किल्लामा भएको अतिक्रमणलाई हटाएर यसको पहिचान र अस्तित्वको जगेर्ना गरेको छ । जितगढीमा अङ्ग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकको सालिक निर्माण गरिएको हो । जितगढी किल्लाकै स्वरूपमा निर्माण गरिएको कलात्मक प्रवेशद्वारबाट भित्र प्रवेश गर्नेबित्तिकै बायाँतर्फ लस्करै १३ जना सैनिकका अर्धकदका सालिक देख्न सकिन्छ ।

सो स्थानमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा, सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमन्जन पाँडे, जुठे बस्नेत र शमशेर राना मगरले वीरगति प्राप्त गरेकाले उहाँहरूको लस्करै सालिक त्यहाँ बनाइएको हो । ५० लाख रुपियाँ विनियोजन गरी काम सुरु गरिएकोमा गत वर्ष  एक करोड बजेट विनियोजन गरी गुरुयोजना बनाएरै सम्पदा स्थलमा विभिन्न संरचना निर्माण गरिएको छ ।

किल्लामा आठ करोड १२ लाख ८९ हजार २७ रुपियाँ लागतसहितको काम सकिएको छ । किल्ला नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरणसमेत गरिसकेको छ । गुरुयोजनामा जितगढी युद्ध सङ्ग्रहालय, सूचना केन्द्र, पुरानो बुटवललाई प्राचीन बजार र पुराताìिवक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ । अहिले सो स्थानमा दैनिक सरसफाइ, पहिचान दिने खालका तस्बिर, नक्सा, पुरानो नेपाललगायतका तस्बिर पनि राखिएको वडा नं. १ का जनप्रतिनिधि अशोक राईले जानकारी दिनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर