
नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनकले यतिबेला सहरदेखि गाउँसम्म छाइसकेको छ । काठमाडौं उपत्यकामा न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल र थिमि लगायत प्रमुख व्यापारिक केन्द्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढ्दो छ ।
विशेषगरी तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मखमलीको माला र भाइमसला (ड्राइफ्रुट्स) उपहार दिने परम्परा छ । यही परम्पराका कारण अन्य समयमा कम खपत
काजु, नरिवल, छोकडा, ल्वाङ, बदाम, किसमिस, ओखर, मखना, मिश्री, दालचिनी, सुकुमेल र अन्जिरजस्ता मसलाले सजिएका पसलमा ग्राहकको भिड लागे पनि यसपालि मूल्य सुनेर धेरै उप
पेस्ताको मूल्य दोब्बर, बदाम र ओखर पनि उस्तै महँगो
यस वर्ष भाइमसला खरिद गर्न बजार पुगेका उपभोक्तालाई सबैभन्दा ठूलो झट्का पिस्ताको मूल्यले दिएको छ । नयाँ बानेश्वरस्थित होलसेल पसल मसला भण्डारका सञ्चालक बच्चन साहका अनुसार गत वर्षको तुलनामा यस वर्ष पिस्ता, बदाम, ओखर लगायतका मसलाको मूल्य अचाक्ली बढेको छ ।
व्यापारी साहका अनुसार यस वर्ष सबैभन्दा बढी मूल्य पिस्तामा बढेको छ । गत वर्ष प्रतिकिलो २ हजार रुपैयाँ रहेको पिस्ताको मूल्य यस वर्ष ४ हजार रुपैयाँभन्दा माथि पुगेको छ । ‘गत वर्ष पिस्ता २ हजार थियो, अहिले बढेर ४ हजार पुगेको छ,’ उनले भने ।
त्यसैगरी बदाम र ओखरको मूल्यले पनि उपभोक्ताको ढाड सेकेको छ । गत वर्ष १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँ प्रतिकिलोमा पाइने बदाम अहिले १ हाजर ८ सय रुपैयाँ पुगेको छ । ५ सय रुपैयाँ किलोमा पाइने ओखरलाई अहिले ६ सय देखि ६ सय ५० रुपैयाँ तिर्नुपरेको छ । सुकमेलको मूल्य पनि गत वर्ष ७ हजार रहेकोमा यस वर्ष ८ हजार रुपैयाँसम्म पुगेको साहले जानकारी दिए ।
यस्तै काजु पनि प्रतिकिलो २ हजारदेखि २ हजार २ सय रुपैयाँसम्म पुगेको छ । उनका अनुसार मखनाको मूल्य अहिले बजारमा प्रतिकिलो २ हजार रुपैयाँ छ ।
नरिवल १ हजार र किसमिस ५ सयदेखि ६ सय रुपैयाँमै होलसेलमा बिक्री भइरहेको छ । उपभोक्ताहरू आफ्नो गच्छे अनुसार प्याक गरिएका वा खुला भाइमसला खरिद गरिरहेका छन्, तर समग्रमा तिहारको बजेट भने निकै बढेको छ ।

किन बढ्यो भाइमसलाको मूल्य ?
होलसेलमै भाइमसलाको मूल्य बढ्नुमा मुख्यतया आयातमार्ग अवरोध, भन्सारको ढिलासुस्ती र अन्तर्राष्ट्रिय बजारको प्रभाव रहेको व्यापारीहरू बताउँछन् । चीनबाट आउने सामान रोकिएका कारण भारतीय बजारको भर पर्नुपरेको अवस्था छ ।
‘अन्तराष्ट्रियस्तरमा युद्ध लगायत कारण त्यहाँ नै महँगी छ, त्यसमाथि चीनको बाटो अवरुद्ध छ, त्यहाँबाट माल आइरहेको छैन,’ उनले भने, ‘त्यसैले हामीले अहिले दिल्लीको खारी बावलीबाट सामान ल्याइरहेका छौं ।’
होलसेलमै महँगो भएपछि खुद्रा बजारमा सामानको मूल्य झनै महँगो हुन्छ । उपभोक्ता जहिले पनि चाडबाडका समयमा चर्को भाउ तिर्न बाध्य छन् । गत वर्षको तिहारमा पनि ड्राइफ्रुट्सको भाउ ५० देखि ३ सय रुपैयाँसम्म बढेको थियो ।
खुद्रा व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यापार संघले होलसेल व्यापारीले नै खुद्रा व्यापारीलाई काजु, बदाम लगायत ड्राइफ्रुट्सको सही रेट र बिल नदिने गरेको आरोप लगाउँदै आएको छ ।होलसेलले नै खुद्रालाई महँगो मूल्यमा बेच्दै आएकाले सस्तो मूल्यमा उपभोक्तालाई बेच्न नसकिने खुद्रा व्यापारीको दाबी छ ।
अनुगमनमा वाणिज्य विभाग बेखबर, भन्छ- भोलि खटाउँछौं टोली
बजार अनुगमन र नियन्त्रण गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने यसतर्फ कुनै चासो देखाएको छैन ।
चीनतर्फको बाटो बिग्रिएको र भारतबाट आउने सामान उतैबाट महँगो भएको बहानामा केही व्यापारीहरूले मनपरी मूल्य लिइरहेको उपभोक्ता गुनासो छ । तर, विभागले अहिलेसम्म भाइमसलाको अनुगमन नै नगरेको स्वीकारेको छ ।
विभागका सूचना अधिकारी अनिल किराँतीले विभागको ध्यान अहिले खानेतेल र मिठाईमा मात्र केन्द्रित रहेको बताए । बजारमा भाइमसलाको मूल्य अचाक्ली बढेको विषयमा सोधिएको प्रश्नमा उनले यसतर्फ ध्यान दिन नसकिएको बताए ।
‘ड्राइफ्रुट्सको मूल्यका बारेमा हामीले अनुगमन गरेका छैनौं,’ उनले अनलाइनखबरसँग भने, ‘हामीले अहिले खानेतेल र मिठाईहरूको चाहिँ हेरिरहेका छौं ।’
भोलिदेखि बिहीबारदेखि अनुमन टोली यसमा पनि खटिने उनको भनाइ छ ।
चाडपर्वको समयमा बजारमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि हुने गुनासो बर्सेनि आउने गरे पनि नियामक निकायले समयमै कारबाही नगर्दा उपभोक्ता महँगो मूल्य तिरेर ठगिन बाध्य छन् ।
विभागले ‘भोलि टोली खटाउने’ आश्वासन दिए पनि अधिकांश उपभोक्ताले महँगो भाउमै तिहारको किनमेल गरिसकेका छन् ।

असोजमा मात्रै भित्रियो झन्डै ९२ करोडको भाइमसला
बजारमा अभाव र महँगीको कुरा चलिरहँदा भन्सार विभागको तथ्यांकले भने दसैं र तिहारलाई लक्षित गर्दै असोज मात्रै भारी मात्रामा ड्राइफ्रुट्स आयात भएको देखाउँछ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को तथ्यांक विश्लेषण गर्दा असोजमा मात्रै ९१ करोड ८५ लाख ५२ हजार रुपैयाँ बराबर ५६ लाख ७२ हजार ९ सय २१ किलो भाइमसला (काजु, बदाम, ओखर, नरिवल आदि) आयात भएको छ । चीन, अमेरिका, भारत, भियतनाम लगायत देशबाट व्यापारीहरूले चाडपर्वकै मुखमा यो परिमाणमा सामान भित्र्याएका हुन् ।
मूल्यका आधारमा हेर्दा असोजमा सबैभन्दा धेरै रकमको ओखर नेपाल भिक्रिएको छ । एक महिना अवधिमा बोत्रा भएको र नभएको गरी कुल ८ लाख ५७ हजार ७ सय ६८ किलो ओखर आयात भएको छ, जसका लागि नेपालबाट ३५ करोड ५० लाख ३२ हजार बाहिरिएको छ ।
ओखरको सबैभन्दा ठूलो हिस्सा ७ लाख ३८ हजार ५ सय किलो चीनबाट आएको छ भने अमेरिकाबाट १ लाख १९ हजार किलो भित्रिएको छ ।
परिमाणका हिसाबले भने नेपालमा सबैभन्दा धेरै नरिवल भित्रिएको छ । असोजमा मात्रै ४४ लाख ६७ हजार २ सय ६५ किलो नरिवल आयात भएको छ, जसको कुल आयात मूल्य २४ करोड ४ लाख १० हजार छ । तथ्यांक अनुसार नेपालमा आयात हुने लगभग शतप्रतिशत नरिवल भारतबाटै आउने गरेको छ ।
त्यस्तै तिहारमा अत्यधिक माग हुने महँगो ड्राइफ्रुट्स काजु आयात पनि उच्च छ । असोजमा मात्रै २० करोड ५८ लाख ८५ हजार बराबरको २ लाख १३ हजार १ सय ८९ किलो काजु आयात भएको छ ।
यसपालि काजु आयातमा भियतनामले भारतलाई उछिनेको छ । भियतनामबाट १ लाख २० हजार १ सय ३४ किलो काजु भित्रिँदा भारतबाट ९२ हजार ८ सय ५३ किलोमात्र आयात भएको छ ।
बदाम आयात पनि उल्लेख्य छ । एक महिनामा ९ करोड ८५ लाख ८३ हजार रुपैयाँको १ लाख ५ हजार ५ सय ९८ किलो बदाम नेपाल भित्रिएको छ, जसको मुख्य बजार अमेरिका हो । कुल परिमाणमध्ये १ लाख ४ हजार ४ सय ८७ किलो बदाम अमेरिकाबाटै आएको छ ।
यसबाहेक असोजमा मात्रै १ करोड ७० लाख बराबरको २६ हजार ५ सय ३७ किलो अन्जिर भारतबाट, १४ लाख ५७ हजारको १ हजार ३ सय ८४ किलो पिस्ता विभिन्न देशबाट नेपाल भित्रिएको छ ।
एकातिर भन्सार तथ्यांकले बजारमा प्रशस्त मात्रामा भाइमसला भित्रिएको देखाउँछ भने अर्कातिर व्यापारीहरू बाटो अवरुद्ध भएको र सामान ढिलो आएको कारण देखाउँदै अचाक्ली मूल्य असुलिरहेका
भोक्ता झस्किएका छन् ।
तिहार सुरु भइसक्दा बजारमा भाइमसलाको भाउ छोइनसक्नु भएको छ । केही मसलाको मूल्य गत वर्षको तुलनामा दोब्बरले अकासिएको छ ।
हुने सुक्खा फलफूल अर्थात् भाइमसलाको माग तिहारको बेला अत्यधिक हुन्छ ।


















