नेभिगेसन मेनु

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
सम्पादक:南亚网络电视
समय:2026-11-05 13:56

two-arrest-jail_vasZWTNXwT

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

भारतबाट नेपालतर्फ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि प्रहरीले भारतीय नागरिक र पसल सञ्चालकलाई नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो साढे ३ बजे ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट मठिया–महुलिया आउने सडकखण्डमा प्रहरी चौकी मठियाबाट खटिएको चेकिङ टोलीले शंकास्पद मोटरसाइकल जाँच गरेको थियो।मधेश प्रदेश ०५–००१ प ०५७८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको फुलबरिया–१३ निवासी ३० वर्षीय सनि कुमार जैसवालको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।जैसवालले झोला तथा मोटरसाइकलको ट्याङ्कीमुनि फल्स बटम बनाएर रकम लुकाइछिपाइ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले नगदसँगै एक थान स्मार्टफोन र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको थियो।प्रहरी कार्यालयमा प्रारम्भिक सोधपुछ गर्ने क्रममा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यू तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याएको जैसवालले बताएको प्रहरीको भनाइ छ।त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमान्डमा खटिएको टोलीले न्यू तराई ट्रेडर्समा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ फेला पारेको थियो।

प्रहरीले उक्त रकमसहित पसल सञ्चालक शेख कमरुललाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमद्वारा जारी विज्ञप्तिअनुसार दुवै स्थानबाट बरामद भएको कुल रकम ४४ लाख ६४ हजार ६०५ रुपैयाँ रहेको छ।

स्रोत नखुलेको ठूलो परिमाणको रकम सीमावर्ती क्षेत्रबाट भित्र्याइएको घटनालाई प्रहरीले गम्भीर रूपमा लिँदै रकमको स्रोत, कारोबारको उद्देश्य तथा यसमा संलग्न अन्य व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको जनाएको छ।

यस घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालको विशेष सक्रियतामा प्रहरी परिचालन गरी थप रकमसमेत बरामद गरिएको जनाइएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी