नेभिगेसन मेनु

‘जाऊँ है पोखरा’ अभियान सुरु
सम्पादक:南亚网络电视
समय:2026-03-28 13:28

 

 pokhara-111

काठमाडौँ, चैत १४ गते । पोखराका पर्यटन व्यवसायीको टोली यस पटकको ‘जाऊँ है पोखरा’ अभियानका लागि पूर्वी नेपाल प्रस्थान गरेको छ । नेपाली कला र संस्कृतिको संरक्षण र संवर्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर सङ्घले आगामी चैत २९ देखि वैशाख १ सम्म फेवातालको किनार लेकसाइडमा २१ औँ फेवा नववर्ष महोत्सव आयोजना गर्दै छ ।

आन्तरिक पर्यटन प्रवर्धनको मुख्य उद्देश्य रहेको सो अभियान पूर्वी नेपालका विभिन्न सहरमा पुग्ने होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । चैत ९ देखि १३ सम्म सञ्चालन हुने अभियान अन्तर्गत वीरगन्ज, विराटनगर, पशुपतिनगर, इलाम हुँदै हेटौँडा आउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । पोखराका होटेलकर्मी, पर्यटन व्यवसायी र सञ्चारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल,  अन्तर्क्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिक जस्ता गतिविधि समेटिने सङ्घका उपाध्यक्ष भरत पहारीले बताउनुभयो । 

पोखरामा आयोजना हुने महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका बासिन्दालाई निमन्त्रणा प्रदान गर्ने अभिप्राय पनि अभियान अन्तर्गत रहेको जानकारी उहाँले दिनुभयो । होटेल सङ्घ पोखरा नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा हुने यस अभियानलाई पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले सघाएका छन् । सो अभियानमा १५ जनाभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनको राजधानी रहेको र यो सहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने र उनीहरूको बसाइ अवधि लम्ब्याएर थप रमाइलो र उल्लासपूर्ण बनाउन फेवा नववर्ष महोत्सव सहयोगी हुने उहाँले बताउनुभयो । 

आन्तरिक पर्यटन प्रवर्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता बोकेर २२ वर्षअघि सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक भएपछि यसलाई सङ्घले निरन्तरता दिएको सङ्घका सचिव पार्वती पाण्डेले बताउनुभयो । 

हवाई र स्थलमार्ग विस्तार गर्दै पूर्वी नेपाल र पोखराबिच पर्यटक तथा व्यवसायको आदानप्रदान गर्ने महत्वपूर्ण उद्देश्य पनि अभियानले लिएको छ । यसका लागि विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता सहरसम्म सञ्चालित सिधा हवाईसेवालाई पुनः नियमितता प्रदान गर्न र ती सहरबाट पोखरासम्म स्तरीय पर्यटक बससेवा सञ्चालनका लागि समेत सङ्घले पूर्वका व्यवसायीसँग सहकार्यको प्रस्ताव राख्ने छ ।

पोखराको होटेल क्षेत्रमा मात्र पाँच खर्ब रुपियाँभन्दा बढीको लगानी रहेको बताइन्छ । यस क्षेत्रका एक हजार दुई सय होटेलमा ४० हजार बेड रहेको र होटेल व्यवसायमा कम्तीमा १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको सङ्घले जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर