नेभिगेसन मेनु

धार्मिक पर्यटकीय गन्तव्यको रूपमा फस्टाउँदै छाब्दीबाराही
सम्पादक:南亚网络电视
समय:2026-03-16 15:24

 

 IMG_7252

काठमाडौँ, चैत २ गते । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर पछिल्लो समय जिल्लाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँ वार्षिक करिब सात लाख भक्तजन आउने गरेको छाब्दीबाराही विकास कोषले जनाएको छ ।

सदरमुकाम दमौलीबाट सात किलोमिटरको दूरीमा रहेको यो मन्दिरमा विशेष गरी शनिबार र अन्य सार्वजानि बिदाका दिन भक्तजनको ठुलो भीड लाग्ने गर्दछ । मन्दिरका मुख्य पुजारी चोलबहादुर आलेका अनुसार शनिबार झण्डै भक्तजनले पूजाआजा गर्ने गरेका छन् ।  आधा देवी र आधा मत्स्यका रूपमा पुजिने छाब्दीबाराही मन्दिरमा मगर जातिका पुजारीले पूजा गर्ने मौलिक परम्परा रहेको छ ।

साउन महिनाभरि, प्रत्येक औँसी र एकादशीमा भने यहाँ पूजाआजा र बलि दिने कार्य बन्द गरिन्छ। छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवीको बास रहेको र कुण्डमा स्नान गरी पूजा गरेमा अन्जानमा गरिएका पापबाट छुटकारा भइने जनविश्वास रहेको कोषका अध्यक्ष प्रेमबहादुर थापाले बताउनुभयो । थापाले भक्तजनको भेटी र दानबाट मन्दिर परिसरमा वनभोज स्थल र अन्य भौतिक पूर्वाधारहरूलाई व्यवस्थित बनाइँदै लगिएको जानकारी दिनुभयो । मन्दिर परिसरमा रहेको माछाको मुखको धारा र पोखरीको बीचमा रहेको मत्स्यगन्धाको मूर्तिले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाको नेतृत्वमा दमौलीदेखि मन्दिरसम्मको सडक कालोपत्रे गरिएपछि यहाँको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सुधार आएको बताउनुभयो । सडक सहज भएसँगै पोखरा–काठमाडौँ यात्रा गर्ने यात्रुका लागि पनि यो क्षेत्र एक प्रमुख गन्तव्यस्थल बनेको छ । नगरपालिकाले यस क्षेत्रको धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकासलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख न्यौपानेको भनाइ छ ।

मन्दिरमा भक्तजनको सङ्ख्या बढेसँगै स्थानीय व्यवसाय पनि चलायमान भएको स्थानीय व्यापारी हेमबहादुर रानाभाटले बताउनुभयो । रानाभाट अनुसार मन्दिर दर्शनका लागि आउने आन्तरिक पर्यटकले गर्दा स्थानीय आर्थिक गतिविधिमा उत्साह थपिएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर