एस् ए टी भी ३१ साउन २०८२, काठमाडौंः आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ।
यस पर्वको अवसरमा आज देशभरका कृष्ण मन्दिर जस्तै ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन्।