नेभिगेसन मेनु

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द
सम्पादक:南亚网络电视
समय:2024-06-30 11:40

chitwan-national-park-rastriya-nikunja

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द हुने भएको छ ।

वर्षा सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले सफारीसहितका गतिविधिमा रोक लगाइने भएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

निकुञ्जले हरेक वर्ष बर्खायाममा सफारी लगायतका गतिविधि बन्द गर्दै आएको छ ।

गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएको थियो ।

निकुञ्जभित्रका गतिविधि बन्द भए पनि पर्यटकले मध्यवर्ती सामुदायिक वनमा भने हात्ती, जीप, पैदल सफारी गर्न पाउने छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर