नेभिगेसन मेनु

इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटना, कोही जीवित नरहेको सङ्केत
सम्पादक:南亚网络电视
समय:2024-05-20 12:00

Capture

जेठ ७ गते । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर भएको स्थान फेला परेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकोप्टरमा सवार कोही जीवित नरहेको सङ्केत देखिएको छ ।

इरानी राष्ट्रपति रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकोप्टर आइतबार दुर्घटना भएको थियो । साथै हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमातीलगायत अन्य व्यक्तिहरु सवार हुनुहुन्थ्यो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकोप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताउनुभएको छ ।

उहाँका अनुसार, ‘‘दुर्घटना भएको स्थानमा मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको छ ।’’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर