नेभिगेसन मेनु

हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते
समय:2026-11-26 12:55

bear-bhalu

 हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।

घाइते हुनेमा खार्पुनाथ गाउँपालिका–३ कारङका अन्दाजी ४५ वर्षिय चक्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

जंगलमा काठ काट्न गएका बेला भालुले आक्रमण गरी उनलाई घाइते बनाएको हुम्लाका डीएसपी शंकर खडकाले बताए।

भालुको आक्रमणबाट शाहीको टाउको ,अनुहार र शरिरको विभित्र भागमा चोट रहेको उनले बताए।उपचारका लागि उनलाई जिल्ला अस्पताल सिमकोट ल्याउँदै गरेको खडकाको भनाइ छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी