नेभिगेसन मेनु

बुढीगण्डकी आयोजनाको भवन र पुल शिलान्यास
समय:2026-11-26 12:36

33

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी आयोजनाको कार्यालय भवन, कर्मचारी आवास तथा पक्की पुलको शिलान्यास सम्पन्न भएको छ । बुधबार गोरखाको गण्डकी गाउँपालिका–८, सिउरेनीटारमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले  सबै भवन र पुलको एकैसाथ शिलान्यास गर्न‘भएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले कार्यालय भवनको शिलान्यासले आयोजनाको निर्माण अब व्यावहारिक रूपमा सुरु भएको बताउनुभयो । बुढीगण्डकी जलविद्युत् उत्पादनमा मात्र सीमित नभई राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना भएकाले यसले प्रभावित क्षेत्रका नागरिकलाई आर्थिक रूपमा सबल र सक्षम बनाउने उहाँले उल्लेख गर्न‘भयो ।

“आयोजनाको निर्माण नागरिकको हितलाई ध्यानमा राखेर अघि बढाइने छ,” सभामुख अर्यालले भन्नुभयो, “नागरिकलाई रुवाएर आयोजना निर्माण गर्न सक्दैनौँ । यति ठुलो आयोजना नागरिकलाई खुसी बनाएर मात्र सम्पन्न गर्न सकिन्छ ।” प्रभावित क्षेत्रका एक जना पनि नागरिकलाई अन्याय नहुने गरी आयोजनाको काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आयोजना क्षेत्रभित्र रहेका सबै किसिमका ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गरिने जानकारी दिनुभयो । पटक पटक छलफल गरेर आयोजना निर्माणका लागि आवश्यक प्राधिकरणसम्बन्धी ऐन केही दिनभित्रै स्वीकृत गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “अब ऐन नहुँदा निर्माणको काम अघि नबढ्ने अवस्था रहँदैन ।” चालु आर्थिक वर्षमा आयोजना निर्माणका लागि डेढ अर्ब रुपियाँ विनियोजन भएको उल्लेख गर्दै सभामुख अर्यालले अबका दिनमा पनि निरन्तर बजेट विनियोजन गरेर आयोजनालाई बजेटको अभाव हुन नदिने स्पष्ट पार्न‘भयो ।

बुढीगण्डकी बहुउद्देश्यीय आयोजना नेपालकै सबैभन्दा रमणीय र आर्थिक उपार्जन गर्न लायक योजनाका रूपमा निर्माण हुने उहाँको विश्वास छ । उहाँले आयोजनाको कार्यालय भवन, कर्मचारी आवास भवन र बुढीगण्डकी नदीमाथिको पक्की पुल तोकिएको समयभन्दा ३० दिनअगावै सक्ने गरी काम गर्न ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन पनि दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बुढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीका लागि प्राथामिकता दिने प्रतिबद्धता व्यक्त गर्न‘भयो । आयोजना निर्माणका काममा बजेटको अभाव नहुने र अबको दिनमा निर्माणलाई तीव्र गतिमा अघि बढाइने र  प्रभावित क्षेत्रका जनताका समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक पहल गर्र्नेमा आफू विश्वस्त भएको पनि उहाँले बताउनुभयो । 

धादिङ ज्वालामुखी गाउँपालिका अध्यक्ष यमलाल दनैले आयोजनाको बहानामा केन्द्र र प्रदेशबाट प्रभावित क्षेत्रमा बजेट विनियोजन नहुने र स्थानीय सरकारले आफैँ विनियोजन गरेर काम गर्दा महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाउने गरेको बताउनुभयो ।  “आयोजना कहिले बन्छ भन्ने अन्योल छँदै छ, प्रभावित क्षेत्रमा बर्सौंदेखि विकासनिर्माणको काम ठप्प हुँदा जनता समस्यामा छन् । स्थानीय सरकारले बजेट विनियोजन गरे महालेखाले बेरुजु देखाउँछ,” उहाँले भन्नुभयो । एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना गोरखा र धादिङ जिल्लाको सीमाक्षेत्रमा पर्ने जलाशययुक्त आयोजना हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आयोजनालाई विद्युत् उत्पादनसँगै पर्यटन, कृषिलगायतका क्षेत्रमा जोडेर अघि बढाउन सकिने बताउनुभयो । “बुढीगण्डकी आयोजना जसरी पनि बनाउनु पर्छ तर इच्छाशक्ति हुनु पर्छ,” उहाँले भन्नुभयो । आयोजनाको बहानामा प्रभावित क्षेत्रभित्र विकासनिर्माणका काम अलपत्र परेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उहाँले बेनीघाट–आरुघाट सडकखण्डमा तत्काल कालोपत्रे गर्ने काम अघि बढाउन आग्रह गर्न‘भयो । “मुआब्जा लिएर आर्थिक अवस्था राम्रो भएकाहरू चितवन, काठमाडौँलगायतका क्षेत्रमा बसाइँ सरेर गइसकेका छन् तर आर्थिक अवस्था राम्रो नभएका प्रभावित क्षेत्रका बासिन्दा विकासनिर्माणबाट वञ्चित हुनु परेको छ,” डा. भट्टराईले भन्नुभयो ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी