नेभिगेसन मेनु

रुपन्देहीमा उत्साह
समय:2026-11-25 12:19

Untitled-1

 भैरहवा हुँदै प्रवेश गर्ने हवाईमार्गलाई दुईतर्फी सञ्चालन गर्ने नेपाल–भारतबिच सहमति जुटेपछि यहाँका जनप्रतिनिधि, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको लामो समय भए पनि अपेक्षा अनुसार अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । रुपन्देहीको भैरहवामा विमानस्थल निर्माणसँगै होटेल, पर्यटन, यातायात, व्यापार र अन्य सेवामूलक क्षेत्रमा ठुलो लगानी भएको छ तर विमानस्थल अपेक्षित रूपमा सञ्चालन हुन नसक्दा लगानीकर्ताले प्रतिफल पाउन सकेका छैनन् । हवाई रुटको सहमतिपछि यहाँका जनप्रतिनिधि, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । हवाईमार्गको समस्या समाधान भए विमानस्थलको उपयोग बढ्ने र त्यसको प्रभाव लुम्बिनी क्षेत्रसहित पश्चिम नेपालको पर्यटन तथा आर्थिक गतिविधिमा पर्ने धेरैको आशा छ ।

भैरहवावासी प्रतिनिधि सभा सदस्यद्वय पुनमकुमारी अग्रवाल र ज्ञानु पौडलले यो सहमतिले रुपन्देहीवासीको भविष्य उज्ज्वल रहेको सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ । गौतमबुद्ध विमानस्थलबाट अब भारतका सहरमा उडान भर्न सहजता ल्याउने सांसद अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो, “दशकपछि हामीले अर्को एयर रुट पाएका छौँ । यो सहमतिले रुपन्देहीको मात्रै होइन, सिङ्गो मुलुकको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।” 

प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले नेपाल भारतबिच भएको सहमतिलाई भैरहवा र समग्र लुम्बिनी क्षेत्रका लागि खुसीको खबर भएको बताउनुभयो । भैरहवा र लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, रोजगारी तथा समग्र आर्थिक विकाससँग जोडिएको यो विषय अब परिणाममुखी बन्नुपर्ने उहाँको भनाइ छ । उहाँले यस क्षेत्रका नागरिकको लामो समयदेखिको आशा साकार हुने विश्वास व्यक्त गर्नुभयो । व्यवसायी नारायणप्रसाद भण्डारीले भारतसँगको हवाईमार्गसम्बन्धी समस्या समाधान भए यस क्षेत्रको पर्यटन व्यवसायले गति लिने र नयाँ लगानी आकर्षित हुने उल्लेख गर्नुभयो । स्थानीय देवराज पोखरेलले लखनउ क्षेत्रबाट हवाईमार्ग दुईतर्फी बनाउने सहमतिले भैरहवा विमानस्थलका लागि सकारात्मक आधार तयार गरेको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरेलले हवाई रुट दुवैतर्फी बनाउनेदेखि बन्दरगाह, रेलमार्ग, ऊर्जा र पूर्वाधारलगायत विषयमा सकारात्मक सहमतिले दुई देशबिचको सम्बन्धले नयाँ उचाइ थपेको बताउनुभयो । 

विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा भइरहेको अवस्थामा हवाईमार्ग सहज हुने सहमति सकारात्मक भएको बताउनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी