नेभिगेसन मेनु

रिडीमा ‘रुरु महास्नान’ को तयारी
समय:2026-11-26 12:40

Ruru

गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रको रिडीमा माघ महिनाभर सञ्चालन हुने ‘रुरु महास्नान’ को तयारी तीव्र पारिएको छ । कालीगण्डकी नदीको धार्मिक महिमा र रुरुक्षेत्रको ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्दै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिकाले महास्नानको अवधारणा अगाडि सारेको छ ।

माघ महिनालाई नै ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने गरी गाउँपालिकाले धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन तथा धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ । यसअघि हरेक वर्ष माघेसङ्क्रान्तिका अवसरमा पाँचदिने माघीमेला लाग्दै आएको रुरुक्षेत्रमा अब माघ महिनाभर नै श्रद्धालुसँगै तीर्थयात्रीको आवागमन बढाउने लक्ष्य राखिएको छ । महास्नानलाई भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न लुम्बिनी प्रदेश सरकारसमेत सक्रिय भएको छ । यसै क्रममा प्रदेश वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा लुम्बिनी प्रदेश विकास परिषद्को बैठक रुरुक्षेत्रमा सम्पन्न भइसकेको छ । बैठकमा मन्त्री चौधरीले महास्नानका लागि मन्त्रालयसहित प्रदेश सरकारका सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उक्त गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले रुरुक्षेत्रको धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले गाउँपालिका निरन्तर प्रचारप्रसार र तयारीमा जुटेको बताउनुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने निर्णय गरिसकेको छ । नेपालका चार धामलाई जोडेर धार्मिक तीर्थाटनको सम्बन्ध विस्तार गर्ने तथा रुरुक्षेत्रको धार्मिक महिमा थप उजागर गर्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

धार्मिक आस्थालाई व्यापक बनाउँदै माघ महिनाभर महास्नान सञ्चालन गर्न सके रुरुक्षेत्रलाई व्यवस्थित धार्मिक तीर्थाटनको केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीय सुन्दर कसजूले बताउनुभयो । महास्नान सञ्चालन हुँदा रुरुक्षेत्रमा श्रद्धालु तथा पर्यटकको सङ्ख्या बढ्ने र त्यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । तीर्थयात्रीको आवागमन बढेसँगै होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला, पूजासामग्री र अन्य व्यापारिक गतिविधिसमेत बढ्ने अपेक्षा गाउँपालिकाले  राखेको छ ।

महास्नानको तयारीसँगै पालिकाले कालीगण्डकी नदीको धार्मिक महत्व, शालिग्रामको संरक्षण तथा प्रचारप्रसार र नदीको स्वच्छता कायम गर्ने विषयलाई पनि प्राथमिकता दिएको छ । धार्मिक आस्था र कालीगण्डकीको पवित्रतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको ‘रुरु महास्नान’ लाई गाउँपालिकाले धार्मिक सम्पदाको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्धन एवं पर्यटकीय गन्तव्यसँग जोड्दै अभियानलाई तीव्रता दिएको गाउँपालिकाले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी