नेभिगेसन मेनु

नेपथ्यको गीतसँगै गुञ्जायमान बन्यो बेनी
समय:2026-11-26 12:39

nepathheya--(2)

लोकप्रिय नेपाली सांगीतिक समूह नेपथ्यको प्रस्तुतिसँगै बुधबार साँझ म्याग्दी सदरमुकाम बेनी संगीतमय बनेको छ । नेपथ्यका चर्चित गीतमा गायक अमृत गुरुङसँगै दर्शकहरू झुमेका थिए । गीत, संगीत र दर्शकको उत्साहले बेनीको खुलामञ्च गुञ्जायमान बनेको थियो । 

कालीगण्डकी र म्याग्दी नदीको चिसो सिरेटोसँगै बेनीको खुलामञ्चमा साँझ संगीतको रौनक छाएको थियो । युवा पुस्ताका दर्शकले खचाखच भरिएको खुलामञ्चमा नेपथ्यका गीत गुञ्जिए । गायक अमृत गुरुङसँगै दर्शकले स्वरमा स्वर मिलाउँदै गीत गाए र सांगीतिक माहोलमा नाचे अनि रमाए । 

साँझ ६ बजे देखि ८ सम्म दुई घण्टासम्म निरन्तर सांगीतिक प्रस्तुति दिनुभएका गायक अमृत गुरुङले युवाहरूलाई आफ्नै देशको माटोमा परिश्रम गरेर समृद्ध नेपाल निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो । उहाँले सबै नेपाली एकजुट भएर सुन्दर,समृद्ध र आत्मनिर्भर नेपाल निर्माणमा जुट्नुपर्ने सन्देशसमेत दिनुभयो । 

गुरुङले गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, सुन सुन साइँली, कर्णाली, भेडाको उन, रेशम, पोखरा बजार,मुक्लुङ जाउँला र रुकुम लगायत १५ भन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो । 

उहाँको सांगीतिक धुन र गायनसँगै दर्शक नाच्दै, उफ्रिँदै र सिटी बजाउँदै झुमेका थिए । तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीतप्रेमीको माया र साथ पाउँदै आएको नेपथ्यले दोस्रो पटक बेनीमा भब्य सांगीतिक प्रस्तुति दिएको हो  । 

उहाँले गीत मात्र प्रस्तुत गर्नुभएन युवाहरुलाई श्रमको सम्मान गर्न, राजनीतिक दलभित्र भएका गलत पक्षहरुलाई खबरदारी गर्न र सामाजिक सेवामा लागेका व्यक्तिहरूलाई सहयोग गर्न, सामाजिक एकता, भावना राष्ट्रिय एकता कायम गर्न समेत आग्रह गर्नुभयो ।

उहाँले युवाहरुलाई आफूले सकेको दान र सहयोग गर्न आग्रह गर्नुभयो । समाजमा खान नपाएका, असहाय, अशक्त तथा दुःखमा रहेका व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व भएकाले हातेमालो गर्न युवाहरुलाई अनुरोध समेत गर्नुभयो । 

nepathheya___4_

उहाँले ३० वर्ष पहिलो साविक धौलागिरि क्षेत्रमा घुमफिर गरेको स्मरण समेत गर्नुभएको थियो । उहाँले देश निर्माण कर्मचारी, राजनीतिक दलका नेता, समाजका अगुवा र नागरिक सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । 

गुरुङले नेपाली युवालाई विदेशिनुपर्ने बाध्यताको अन्त्य गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवाहरूले आफ्नै देशमा परिश्रम गरी समृद्ध नेपाल निर्माणमा योगदान गर्नुपर्ने सन्देश दिनुभयो । 

सोभान इन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा नेपथ्य लाइभ इन कन्सर्ट भएको हो । आयोजक संस्थाका सञ्चालक शोभन श्रेष्ठले सांगीतिक कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याएको बताउनुभयो । 

कन्सर्ट हेर्न म्याग्दीसहित बागलुङ, पर्वत र मुस्ताङबाट समेत दर्शक बेनी आएका थिए । आयोजकका अनुसार कन्सर्टमा करिब करिब ८ हजार दर्शकको सहभागिता रहेको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी