
कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ बुधबार दुई वटा खेल सम्पन्न भएका छन् ।
बुधबार विहान सम्पन्न दुई वटा खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
फुल-कोर्ट (५×५) महिला बास्केटबलतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–२९ को अन्तरले पराजित गरेको हो ।
पुलिसका लागि दिवा महर्जनले सर्वाधिक २० अंक स्कोर गरिन् ।
यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७-३ फराकिलो अन्तरले पराजित गरेको छ । सुदूरका लागि सन्जु घिसिङले सर्वाधिक १४ अंक जोडिन् ।
दिउँसो महिला बास्केटबलतर्फ (३×३) विधाका खेलहरु संचालन हुनेछन् ।

















