नेभिगेसन मेनु

महाकालीमा तटबन्ध निर्माणको माग
समय:2026-11-25 12:25

Tatbandh-nirman-garna-mag-(2)

 नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीको जोखिम न्यूनीकरण र धनजनको क्षति हुन नदिन किनारमा पक्की तटबन्ध निर्माण गर्न  स्थानीयले माग गरेका छन् । नदीको जोखिम रहेका स्थानमा पक्की तटबन्ध निर्माणका लागि प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल र प्रतिनिधि सभा सदस्य करिश्मा कठरियामार्फत केन्द्र सरकारसँग माग गरेको महाकाली नगरपालिका–८ का तारादत्त भट्टले बताउनुभयो । 

भारततर्फ नदी किनारमा त्यहाँको सरकारले पक्की तटबन्ध निर्माण गरिरहेको छ । दुई देशको सीमा नदी किनारमा भारतले पक्की तटबन्ध निर्माण गरिरहेको भन्दै स्थानीयले नेपालतर्फ पनि पक्की तटबन्ध निर्माणको माग गरेका हुन् । भारततर्फ तटबन्ध निर्माण गरिँदा बर्सातको समयमा नेपालतर्फ क्षति हुने भन्दै यहाँका स्थानीयले पक्की तटबन्ध निर्माणका लागि सरकारसँग माग राखेका हुन् । २०७० सालमा उक्त नदीमा आएको बाढीले यहाँका ११० जनाको घर र जग्गा बगाएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका नायब सुब्बा रामराज पन्तका अनुसार बाढीले एकै व्यक्तिको ५० लाखदेखि एक करोड रुपियाँसम्मको क्षति गरेको थियो । २०७० को बाढीपछि यहाँको महाकाली नगरपालिका–५ को नमस्कारदेखि बङ्गाबगड, श्रीबगरसम्मको पाँच किलोमिटर क्षेत्रमा भने पक्की तटबन्ध निर्माण गरिएको छ । नेपालतर्फको कटान तथा डुबान हुने क्षेत्र, स्थानीय बस्ती र संरचना क्षेत्रमा तटबन्ध निर्माण गर्न माग गरिएको छ ।  यहाँका महाकाली बाढीपीडितले बाढीको तेह्र वर्ष वितिसक्दासमेत राहत पाउन सकेका छैनन् । बाढीले घर तथा जग्गा सबै बगाएका परिवारलाई तत्कालीन सरकारले ३५ हजार रुपियाँ मात्रै उपलब्ध गराएको थियो ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी