नेभिगेसन मेनु

हिंसाबाट मुक्त गराउन शून्य सहनशीलताको नीति अपनाइने
समय:2026-11-26 12:34

22

मुस्ताङमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित सदरमुकाम जोमसोम बजारमा प्रभातफेरी कार्यक्रम गरी अभियान सुरु गरिएको हो । 

सामूहिक प्रतिबद्धताबाटै लैङ्गिक हिंसा अन्त्य हुन्छ । हरेक घरबाट अभियानको थालनी गर्नुपर्नेमा जोड दिँदै कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङ प्रमुख माया गुरुङले मुस्ताङलाई हरेक प्रकारका हिंसाबाट मुक्त गराउन शून्य सहनशीलताको नीति अपनाइने बताउनुभयो । पीडितको संरक्षण, दोषीलाई कारबाही र न्याय सुनिश्चितका लागि सबै एकजुट हुनुपर्नेमा उहाँको जोड छ । मुस्ताङमा पछिल्लो समय डिजिटल हिंसा तथा ठगीको घटना बढ्न थालेकाले अभियानकै क्रममा डिजिटल माध्यमबाट हुने हिंसाजन्य गतिविधि न्यूनीकरणसहितका कार्यमा समेत जोड दिनुपर्ने प्रमुख गुरुङको भनाइ छ । 

कार्यक्रममा घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापामगर र सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले हरेक घरबाट ‘म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ र हिंसा भएको देखेमा प्रतिकार गर्ने छु’ भन्ने प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभएको थियो । एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख नीरपति दर्जीले १६ दिने अभियानमा थासाङ, घरपझोङ, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाका विद्यार्थीको सहभागितामा भिडियो प्रतियोगिता, मार्फामा सचेतनामूलक कार्यक्रमसहित समुदायमा आधारित कार्यक्रम गरिने बताउनुभयो ।    

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी