
अधिकृत जेरुसेलम, साउन ९ गते । इजरायली सेनाले शनिबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रमा प्यालेस्टिनीको घर घरमा छापा मारेर दर्जनौं प्यालेस्टिनीलाई हिरासतमा लिएको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा)का अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तिमा ३० जना प्यालेस्टिनीलाई हिरासतमा लिएको छ, जहाँ शुक्रबार भएको आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएको थियो । प्रभावित गाउँमा इजरायली सैन्य कारबाही जारी रहँदा अन्य बासिन्दालाई पनि घटना स्थलमा सोधपुछ गरिएको वफाले जनाएको छ ।
जेनिन प्रान्तमा, इजरायल सेनाले धेरै सहर र गाउँमा व्यापक छापा मारेर, भारी सैन्य तैनाथी र चलिरहेको सेनाको गतिविधिको बिचमा खोजी र गिरफ्तारी बढाएको जनाइएको छ । सम्बन्धित विकासमा, इजरायली सेनाले बेथलेहेम प्रान्तमा तीन जना प्यालेस्टिनीलाई हिरासतमा लिएको जनाइएको छ । शुक्रबार ताल गाउँमा इजरायली आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएपछि कब्जा गरिएको वेस्ट ब्याङ्कमा निरन्तर जारी इजरायली अप्रेसनको बिच पछिल्लो गिरफ्तारीका घटना भएको जनाइएको छ । रासस/क्यूएनए


















