नेभिगेसन मेनु

रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
सम्पादक:南亚网络电视
समय:2026-07-19 12:14

 

 ukraine_hfJRFxyr3u

मस्काे । पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा ७ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको क्षेत्रीय गभर्नर एभगेनी पेरभिशोभले शनिबार बताएका छन् ।

पछिल्लो समयमा मस्कोको चार वर्ष भन्दा लामो आफ्नो क्षेत्र विरुद्धको आक्रमणको उचित प्रतिशोधको रुपमा युक्रेनले रूसका धेरै लक्ष्यहरूमा प्रहार गर्दै आएको जनाइएको छ ।

युक्रेनले “वाइल्डबेरीको लजिस्टिक सेन्टर” मा प्रहार गर्दा रातिको शिफ्टमा काम गरिहेका सात जना कर्मचारीको मृत्यु भएको टाम्बोभ क्षेत्रका गभर्नर एभगेनी पेरभिशोभले बताएका हुन् ।

प्रारम्भिक जानकारी अनुसार कोटोभस्क सहरमा भएको आक्रमणमा २४ जना घाइते भएको उनले उल्लेख गरेका छन् । रूसी फर्म वाइल्डबेरीले विज्ञप्ति जारी गर्दै मस्को क्षेत्रको कोटोव्स्क र इलेक्ट्रोस्टलमा रहेका लजिस्टिक कम्प्लेक्सहरूसमेत आक्रमणको निशानामा परेको बताएको छ ।

टाम्बोभ क्षेत्रका सुविधामा लागेको आगो नियन्त्रणमा लिइसकिएको जनाइएको छ भने अग्निशामकहरू अझै उद्धारका लागि तैनाथ रहेको कम्पनीले बताएको छ ।

मस्को क्षेत्रमा रातारात ३७० वटा भन्दा बढी ड्रोन प्रक्षेपण गरिएको रूसी राजधानीका मेयर सर्गेइ सोब्यानिनले शनिबार बताएका छन् । उनका अनुसार हवाई रक्षा बलहरू द्वारा कर्यौ ड्रोन निक्रिय बनाइएको छ भने मस्को पुग्दा ६४ वटा युएभीहरू नष्ट भएका छन् ।

हाल वासिङ्टनले इरानसँगको द्वन्द्वमा ध्यान केन्द्रित गरेको कारण पछिल्लो समयमा युद्व अन्त्य गर्ने अमेरिकी नेतृत्वको कूटनीतिक प्रयासहरू रोकिएको जनाइएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर