नेभिगेसन मेनु

जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
सम्पादक:南亚网络电视
समय:2026-07-19 12:11

 

 iran-attack-israel_B4gb9ZzWy1

काठमाडौँ । शुक्रबार जोर्डनमा इरानले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सैन्य अधिकारीहरूले यस घटनाको पुष्टि गरेका हुन् ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार आक्रमणपछि घाइते भएका चार अमेरिकी सैनिकहरूलाई उपचारका लागि जोर्डनका अस्पतालहरूमा भर्ना गरिएको थियो । हाल उनीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्। सामान्य घाइते भएका अन्य सैनिकहरू भने आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

यसअघि जोर्डनको सेनाले रातको समयमा आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका १० वटा इरानी क्षेप्यास्त्रहरूलाई आकाशमै निष्क्रिय (इन्टरसेप्ट) पारेको जनाएको थियो । यसबाट कुनै क्षति नभएको जोर्डनको सेनाले बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबिचको अस्थायी युद्ध विराम सम्झौता ‘सकिएको घोषणा गरेसँगै अमेरिकी सेनाले इरानमाथि लगातार सातौँ रात पनि हवाई आक्रमण जारी राखेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर