नेभिगेसन मेनु

उपल्लो मुस्ताङमा फस्टाउँदै उक्लिएको स्याउ खेती
सम्पादक:南亚网络电视
समय:2026-06-08 17:53

 

 s-1

मुक्तिनाथ (मुस्ताङ), जेठ २५ गते । मुक्तिनाथ, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङका वडाध्यक्ष टै धुन्टु ठकुरीले २३ रोपनीमा स्याउ खेती गर्नुभएको छ । 

जलवायु परिवर्तनका कारण पछिल्लो वर्षमा उपल्लो मुस्ताङमा स्याउ खेती फस्टाउन थालेपछि वडाध्यक्ष ठकुरीले आफ्ना जग्गा बाहेक भाडामा समेत लिएर यो वर्ष ३ सय उच्च घनत्वको (हाइब्रिड) स्याउको बिरूवा विस्तार गर्नुभएको छ । ठकुरीको बगैँचामा हाइब्रिडसहित रैथाने प्रजातिको करिब एक हजार स्याउको बिरूवा रहेको छ । 

चराङमा ठकुरीजस्तै छेवाङ विष्टको ५० रोपनीमा ४ हजारको हाराहारीमा स्याउको बोट रहेको छ । कुल एक सय ५ घरधुरी रहेको चराङमा स्याउ खेतीमा ३० घरधुरी संलग्न रहेको वडाध्यक्ष विष्टले बताउनुभयो । 

वडाध्यक्ष ठकुरीले भन्नुभयो, ‘‘पहिले रैथाने खेती गर्नेहरू अहिले स्याउ खेतीमा आर्कषित छन्, हरेक वर्ष स्याउ खेती विस्तार भइरहेको छ ।’’ जनप्रतिनिधिको जिम्मेवारीसँगै ठकुरीले स्थानीयलाई स्याउ खेतीमा आर्कषित गर्न विभिन्न तालिमसहित अनुदानका लागि समेत प्रोत्साहन गर्ने गरेको बताउनुभयो । 

चराङमा करिब १३ हजार स्याउको बोट रहेको छ । चराङमा उच्च घनत्वसँगै रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजी स्याउ खेती हुने गरेको छ । अहिले गाउँपालिका भित्रका खेतबारी स्याउ खेतीले भरिन थालेको छ । 

आकार र प्रकारका हिसाबले पनि गुणस्तरयुक्त रहेको मुस्ताङमा छिटो पाक्ने भएकाले उच्च घनत्वको स्याउ विस्तारमा स्थानीय आर्कषित भएको वडाध्यक्ष ठकुरीको भनाइ छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा उपल्लो मुस्ताङमा उक्लिएको स्याउ खेतीका लागि स्थानीयले उवा, फापर, आलु खेती गर्ने जमिनमा स्याउको बोट लगाउन थालेपछि गाउँपालिकाले बिरूवा, कृषि औजारको उपकरणमा समेत अनुदान दिन थालेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले बताउनुभयो । 

अध्यक्ष विष्ट भन्नुहुन्छ, ‘‘तल्लो मुस्ताङमा हुने फलफूल माथिल्लो क्षेत्रमा हुन थालेपछि स्याउ खेतीलाई प्राथमिकता दिएर सहयोग गरेका छौं ।’’ गाउँपालिकाले स्थानीयलाई कृषि खेतीमा आकर्षित गर्न यन्त्र, उपकरणसहित विभिन्न अनुदानको सुविधा दिएको अध्यक्ष विष्टको भनाइ छ । 

गाउँपालिका-२, घमीगाउँमा साढे ९ सय रोपनीमा स्थानीयले स्याउ खेती गरेका छन् । करिब ४३ घरधुरीले सामूहिक तथा एकल लगानीमा परीक्षणका लागि लगाइएको स्याउले फल दिएर बजारमा पुगेपछि धमाधम विस्तार भइरहेको छ । गाउँपालिका-२, सुर्खाङको ध्येगाउँका २६ घरधुरीले १२ सय रोपनीमा स्याउ खेती गरेको अध्यक्ष विष्टले बताउनुभयो । 

s-1

s-1

जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि विस्थापित भएकाहरू समेत अहिले कुलो व्यवस्थापन गरी स्याउ खेतीमा सक्रिय छन् । ध्येगाउँ समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा छ । 

उपल्लो मुस्ताङमा ताङ्वे, याराघारा लगायतको क्षेत्रमा स्याउ खेती हुन थालेपछि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले लोघेकर दामोदरकुण्ड गाउँपालिका–२, घमी गाउँमा स्याटलाइट कृषि फार्म स्थापना समेत गरिएको केन्द्र प्रमुख प्रकाश पन्तले बताउनुभयो । 

तल्लो मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिमा हुने स्याउ जलवायु परिवर्तनका कारण माथिल्लो क्षेत्रमा समेत हुन थालेपछि लोमन्थाङ गाउँपालिकासहित गाउँपालिकाका कृषकलाई लक्षित गरी आठ सय १ रोपनी जग्गा केन्द्रको नाममा ल्याएर केन्द्र स्थापना गरिएको छ । 

तल्लो मुस्ताङमा आवश्यक पर्ने हिउँ पर्न छाडेपछि उत्पादन घटेको छ । बागवानीको मुस्ताङमा रहेका चार वटा ब्लकमा ३५ प्रजातिका स्याउको बिरूवा छन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर