नेभिगेसन मेनु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
सम्पादक:南亚网络电视
समय:2026-05-10 14:17

 

 huntaviruse-boat_gJu5gEkLKw

काठमाडौँ, वैशाख २७ गते । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा विस्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उक्त जानकारी दिएका हुन् ।

बिस्केन खाडी क्षेत्रमा रहेको हलओभर स्यान्डबार नजिक यात्रु बोकेको एक चार्टर डुङ्गामा अचानक विस्फोट भएको हो । फ्लोरिडा वन्यजन्तु तथा जलस्रोत संरक्षण आयोगकी प्रवक्ता मेलिसा ब्रेभिकका अनुसार विस्फोट डुङ्गामै भएको थियो ।

मियामी–डेड अग्नि उद्धार विभागले दिउँसो १२ बजेर ४८ मिनेटमा ‘सम्भावित डुंगा विस्फोट’ भएको सूचना प्राप्त गरेको जनाएको छ । घटनास्थल मियामी बीच नजिकको लोकप्रिय पर्यटकीय क्षेत्र रहेको बताइएको छ ।

उद्धार टोली घटनास्थलमा पुग्दा धेरै घाइतेहरूलाई तत्काल उपचार आवश्यक परेको थियो । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको अधिकारीहरूले बताएका छन् ।

विस्फोटको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ । रासस/सिन्ह्वा

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर