नेभिगेसन मेनु

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी
सम्पादक:南亚网络电视
समय:2026-03-14 18:25

 

 pakistan--zardari

काठमाडौँ, फागुन ३० गते । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक लक्ष्य विरुद्ध ड्रोन प्रक्षेपण गरेर “रेड लाइन” पार गरेको शनिबार बताउनु भएको छ । 

सेनाले तत्काल प्रतिक्राया जनाएका कारण उनीहरु इस्लामाबाद नजिकै रावलपिन्डी स्थित  मुख्यालयसहित उनीहरूको लक्ष्यमा पुग्न नसकेको बताइएको छ । तालिबान अधिकारीसँग वायु सेनाको अभाव भएता पनि स्थानीय रूपमा उत्पादित ड्रोन प्रयोग गरि आक्रमण गरेको विज्ञले पुष्टि गरेका छन् ।

पाकिस्तानी सेनाले खसालेको ड्रोनको भग्नावशेषले दक्षिण पश्चिम क्वेट्टामा दुई बालबालिका र उत्तरपश्चिममा पेशावरको कोहाट र रावलपिन्डीमा एक–एक जना सर्वसाधारण घाइते भएको बताएको छ । सुरक्षा स्रोतले ड्रोन पत्ता लागाएपछि सावधानीका लागि राजधानी वरपरको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको जनाएका छन् ।

यस अघि आक्रमणबाट अफगानिस्तानको राजधानी काबुलमा चार जना र सीमावर्ती प्रान्तमा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । सामाजिक सञ्जाल एक्स मार्फत जरदारीको कार्यालयले अफगान तालिबानले रेड लाइन पार गरी पाकिस्तानी नागरिक क्षेत्रमा गरेको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ ।

पाकिस्तानमा आक्रमणपछि इस्लामवादी चरमपन्थीलाई लक्षित गर्दै इस्लामाबादले गत महिना अफगानिस्तान विरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । तालिबान सरकारले आतङ्कवादका लागि अफगान क्षेत्रको प्रयोग भएको कुरा अस्वीकार गरेको छ भने पाकिस्तानले सर्वसाधारणलाई लक्षित नगर्ने कुरामा जोड दिएको छ । 

पछिल्लो समयमा सीमामा बारम्बार झडप हुँदा व्यापारमा दुई देशबिचको व्यापारमा बाधा पुरÞ्याएको छ भने सिमाक्षेत्रका बासिन्दालाई आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए)ले शुक्रबार फेब्रुअरी २६ देखि अफगानिस्तानमा भएको झडपमा कम्तीमा ७५ जना सर्वसाधारणको मृत्यु हुनुका साथै १९३ जना घाइते भएको जनाएको छ । रासस/एएफपी  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर