नेभिगेसन मेनु

इमरान खानको आँखाको उपचार
सम्पादक:南亚网络电视
समय:2026-02-25 14:18

 

 imran-khan

काठमाडौँ, फागुन १३  गते । पाकिस्तानको जेलमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानको मङ्गलबार इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा आँखाको उपचार गरिएको अस्पतालले जनाएको छ । 

उहाँलाई आँखा इन्जेक्सनको दोस्रो मात्रा दिन लगिएको र स्वास्थ्य अवस्था चिकित्सकीय रूपमा स्थिर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०२३ देखि कारागारमा रहनुभएका ७३ वर्षीय खानलाई गत वर्षको अन्त्यतिर भ्रष्टाचार मुद्दामा उहाँ र उहाँकी श्रीमतीलाई १७ वर्षको सजाय सुनाइएको थियो । 

परिवार र कानूनी टोलीका अनुसार उहाँको दाहिने आँखाको अधिकांश दृष्टि गुमिसकेको छ । उहाँका वकिल सलमान सफदरले यसअघि एक पत्रकार सम्मेलनमा उहाँको एउटा आँखामा करिब १५ प्रतिशत मात्र दृष्टि बाँकी रहेको बताउनु भएको थियो ।

यद्यपि उपचार गरिए पनि उहाँका प्रेस सल्लाहकार सैयद जुल्फिकार बुखारीले व्यक्तिगत चिकित्सक र परिवारसँग भेटघाटको अनुमति नदिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । गत साता उहाँको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले इस्लामाबाद सरकारसँग पर्याप्त उपचार उपलब्ध गराउन आग्रह गरेका थिए ।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहनुभएका खान राजनीतिक सङ्कटका बिच अविश्वास प्रस्तावमार्फत पदबाट हट्नु भएको थियो । त्यसयता उहाँले भ्रष्टाचार लगायतका विभिन्न मुद्दा सामना गर्दै आउनु भएको छ । उहाँ र उहाँको दल पाकिस्तान तहरीक-ए-इन्साफले ती मुद्दा राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गर्दै आएका छन् ।

मे २०२३ मा उहाँको गिरफ्तारीपछि देशव्यापी प्रदर्शन भड्किएको थियो, जसमा केही स्थानमा हिंसा भएको र सयौँ व्यक्ति पक्राउ परेका थिए । उहाँका छोरा कासिम खानले सामाजिक सञ्जालमार्फत आफ्नो बुबाको वर्तमान स्वास्थ्य अवस्था कारावास अवधिको ‘चिकित्सकीय उपेक्षा’ को परिणाम भएको आरोप लगाउनु भएको छ । रासस/एएफपी

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर