नेभिगेसन मेनु

मारिएका इरानीको ‘रगतको बदला लिने’ इरानका नयाँ सर्वोच्च नेताको प्रतिबद्धता
सम्पादक:南亚网络电视
समय:2026-03-13 11:35

 

 IRAn (1)

काठमाडौँ , फागुन २९ गते । इरानका नयाँ सर्वोच्च नेता मुज्तवा खामेनीले इरानी सरकारी टेलिभिजनमार्फत पहिलो वक्तव्य दिनुभएको हो । उहाँको पहिलो औपचारिक वक्तव्यमा मारिएका इरानीहरूको ‘रगतको बदला लिने’ प्रतिबद्धतासमेत व्यक्त गरिएको बिबिसीले जनाएको छ ।

आफ्ना पिताको उत्तराधिकारी बनेपछि मुज्तवा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखा पर्नुभएको छैन । यसैबीच, खाडी क्षेत्रमा इरानले कार्गो जहाजहरूमाथि आक्रमण तीव्र पारेको छ । इराक नजिक दुईवटा ट्याङ्कर र संयुक्त अरब इमिरेट्स (यूएई) नजिक एउटा कन्टेनर जहाजमाथि आक्रमण भएको छ । तीमध्ये कम्तीमा एउटा आक्रमणमा आफ्नो सेना संलग्न रहेको इरानी सरकारी सञ्चारमाध्यमले स्वीकार गरेका छन् ।

इरानभित्रै पनि तनाव बढ्दै गएको छ । अमेरिका र इजरायलले राजधानी तेहरानमा रहेका चेकपोइन्टलाई लक्षित गरी हवाई आक्रमण गरेका छन् । बासिज मिलिसियाले इरानमा हुने विरोध प्रदर्शनहरूलाई दबाउने कार्य गर्दै आएको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर