नेभिगेसन मेनु

इरानका सर्वोच्च नेता मारिएको सरकारी पुष्टि
सम्पादक:南亚网络电视
समय:2026-03-02 12:16

 

 afp_6885ea2da6df-1753606701

काठमाडौँ, फागुन १८ गते । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले औपचारिक रूपमा पुष्टि गरेका छन्। 

शनिबार बिहान इजरायल र अमेरिकाले संयुक्तरूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक ठेगानाहरूमा गरेको शक्तिशाली आक्रमणका क्रममा खामेनेईको ज्यान गएको बताइएको छ।

शनिबार बिहानैदेखि इरानको राजधानी तेहरानसहितका प्रमुख सहरहरूमा ठूला विष्फोटका आवाजहरू सुनिएका थिए। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार, तेहरानस्थित खामेनेईको निवास (परिसर) लाई लक्षित गरी गरिएको "अत्यन्तै शक्तिशाली र सटीक" हमलामा उनको मृत्यु भएको हो।

इरानी सरकारी टेलिभिजनले शोकको घोषणा गर्दै यस घटनालाई राष्ट्रिय क्षति भनेको छ। बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यो आक्रमण दशकौँपछिको सबैभन्दा ठूलो र प्रत्यक्ष सैन्य हस्तक्षेप मानिएको छ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर