नेभिगेसन मेनु

इक्वेडरका कैदीबिच झडप हुँदा १४ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-09-23 11:58

 

 ppp_2zTEDYkmJk

क्विटो । इक्वेडरमा कैदीहरूबिच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैदी र एक गार्डको मृत्यु भएको छ । 

कुनै समय शान्तिपूर्ण मानिने देशमा अहिले अमेरिकी लागुऔषध व्यापारका लागि हुने चलखेलका कारण बढेका हिंसात्मक गतिविधिमा संलग्नहरूको गिरोहले जेल भरिएको र भीडभाडयुक्त जेलमा भएको यो रक्तपातको श्रृङ्खलाको पछिल्लो घटना हो । 

कमाण्डर कर्णेल विलियम क्याले इक्वेभिसा च्यानलसँग भने, ‘प्रतिद्वन्द्वी गिरोहहरूबिचको झडपमा १४ कैँदीको मृत्यु भएको, कैयौँ कैदीहरू भागेका र १४ जना घाइते भएका छन्।’  तेह्र कैदीहरूलाई पुनः पक्राउ गरिएको छ।

कर्नेल क्यालेले भने, ‘पेरुको सीमा नजिकै दक्षिणपश्चिम इक्वेडरको माचालाको जेलको एक भागमा बिहान सबेरै गोली चलेको र तत्काल जेल गार्ड र प्रहरी घटनास्थलमा पुगेको थियो ।’ 

सुरक्षाकर्मीका एक पथप्रदर्शकलाई जेलमा छिर्ने क्रममा गोली हानी मारिएको थियो भने केहीलाई बन्धक बनाइएको अधिकारीले बताए। क्यालेले भने, ‘कैदीहरूले बन्दुक चलाएको र बम, ग्रिनेडको प्रयोग गरी भएको भिडन्त लगभग ४० मिनेट चलेको थियो।’

मारिएका कैदीहरू प्रतिद्वन्द्वी लस चोनेरोस र लस लोबोस गिरोहका थिए । उनीहरू इक्वेडरको सबैभन्दा ठूलो लागुऔषध ओसारपसार समूहहरू मध्ये दुई हुन्।

प्रहरीले यो हिंसा ‘गिरोहहरू बीचको झगडा’ को परिणाम भएको बताएको छ । प्रहरीले जेलको क्षमता त्यहाँ राखिएका कैदीहरूको सङ्ख्याको दोब्बर सङ्ख्याका लागि प्रयाप्त थियो । 

सङ्गठित अपराधले करिब १७ करोड जनसङ्ख्या भएको इक्वेडरलाई संसारकै सबैभन्दा हिंस्रक राष्ट्रमा परिणत गरेको छ। क्यालेले भने, ‘जेलमा अहिले नियन्त्रण रहेको र भागेका कैँदीहरूसमेत फर्किन थालेका छन् ।’

उनले बन्धकहरूको अवस्था र फरार कैँदीको सङ्ख्याबारे भने तत्काल प्रतिक्रिया दिन चाहेनन् ।

आन्तरिक सशस्त्र द्वन्द्व

विश्वका दुई शीर्ष कोकिन निर्यातकर्ताहरू कोलम्बिया र पेरुको बीचमा रहेको इक्वेडरमा हालैका वर्षहरूमा हिंसा बढेको छ । मेक्सिकन र कोलम्बियाली कार्टेलहरूसँग सम्बन्ध भएका प्रतिद्वन्द्वी गिरोहहरू कोकिन नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेको पाइने गरिएको छ। 

सरकारी तथ्याङ्क अनुसार विश्वमा उत्पादन हुने कोकिनको ७० प्रतिशतभन्दा बढी इक्वेडरको समुद्री शहरहरू भएर जाने गरेको छ । इक्वेडरमा सन् २०२१ को फेब्रुअरीदेखि अहिलेसम्म प्रायः भयानक शैलीमा करिब ५०० कैदीहरू मारिएका छन् ।

जेलमा हुने झडपपछि कतिपय अवस्थामा उनीहरूको शरीरलाई टुक्रा–टुक्रा पारिएको र जलाइएको अवस्थामा पाउने गरिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर