नेभिगेसन मेनु

पेरुमा पनि सुरु भयो जेन-जी प्रदर्शन
सम्पादक:南亚网络电视
समय:2025-09-22 16:50

 

 peru-2-2192025041150-1000x0

दक्षिण अमेरिकी देश, पेरुमा जेन-जी प्रदर्शन सुरु भएको छ । राजधानी लिमामा शनिबार (नेपाली समयअनुसार आइतबार) सयौँ युवा र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरूले ढुंगामुढा र लठ्ठी हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितर-बितर पार्न खोजेका थिए ।  

काठमाडौँ — यो प्रदर्शन ‘जेनेरेसन जी’ युवा समूहले आयोजना गरेका हुन् । उनीहरूले संगठित अपराध, सार्वजनिक पदमा भइरहेको भ्रष्टाचार र हालै लागू गरिएको पेन्सन कोषसम्बन्धी कानुनी व्यवस्थाविरुद्ध आवाज उठाएका हुन् ।

‘हाम्रो देशको लोकतन्त्र पहिलेभन्दा झन् कमजोर बनेको छ,’ एक प्रदर्शनकारी ग्लाडिस भन्छिन्, ‘डर-त्रास र असुलीका कारण अवस्था बिग्रिँदै गएको छ ।’

सहरको केन्द्र भागमा करिब ५ सयजना भेला भएका थिए । प्रहरीको बाक्लो उपस्थितिबीच उनीहरू कार्यपालिका र संसद् भवनतर्फ अघि बढ्न खोज्दा झडप भएको हो । प्रदर्शनमा सहभागी सेलेने अमासिफुएनले भनिन्, ‘संसद्को कुनै विश्वसनीयता छैन। यसले जनताको समर्थन गुमाइसकेको छ । यसले देशलाई नै विनाशतिर धकेलेको छ ।’

स्थानिय रेडियो स्टेसन ‘एक्सितोसा’का एक पत्रकार र क्यामेराम्यान प्रहरीको छर्राबाट घाइते भएका छन् भने प्रहरीका कम्तीमा तीनजना अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।

राष्ट्रपति डिना बोलुआर्तेको लोकप्रियता स्वाट्टै घटेको छ, उनको कार्याकाल आगामी वर्ष समाप्त हुँदै छ । अपराध र असुलीका घटनाहरू बढ्दै जाँदा जनता असन्तुष्ट बनेका छन् । उनीहरूले सरकार र दक्षिणपन्थी बहुमत रहेको संसद्लाई भ्रष्ट निकायका रूपमा लिने गरेका छन् ।

यसै हप्ता मात्र संसद्ले एउटा विवादास्पद कानुन पारित गरेको थियो । त्यसमा युवाहरूलाई निजी पेन्सन कोषमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने व्यवस्था गरेको छ । यसलाई बेरोजगार र अस्थायी रोजगारीमा रहेका युवाहरूले अस्वीकार गरेका छन् ।

नेपालमा जस्तै पेरुमा पनि जेन जी पुस्ताले व्यवस्था र अन्यायविरुद्ध सडकमा उत्रिँदै सरकारलाई चुनौती दिइरहेको देखिएको छ । अन्तर्राष्ट्रिय मिडियाहरूले नेपालपछि पेरुमा जेन-जी प्रदर्शनी शुरु भएको भन्दै समाचार सार्वजनिक गरेका छन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर